सिरहाको मिर्चैयामा कलश यात्रा

सिरहा । सिरहा मिर्चैया नगरपालिकामा घटस्थापनाको अवसरमा बिशाल कलश यात्रा निकालिएको छ ।

मिर्चैया नगरपालिका गुदरी बजारमा रहेको दुर्गा मन्दिरको प्राङ्गणबाट हजारौँको संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले नगरका बिभिन्न भागको परिक्रमा गर्दै बतहा खोलामा जलभरेर मन्दिरमा स्थापित गरिएको स्थानीय समाजसेवी कृष्ण साहले बताए ।

हिन्दू धर्मावलम्बीहरुको महान चाड दशैँको उपलक्षयमा तराईका बिभिन्न ठाँउहरुमा बनाइएका दुर्गा भवानीको प्रतिमालाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिने गरिन्छ ।

यो पर्वमा प्रतिमाको रुपमा काली, दुर्गालगायत सात सहेली र एक भाइ गणेश मानेर पूजाआजा गर्ने परम्परा रहेको छ ।

पुजाको छैटौं दिन अर्थात षष्टिको दिन बेलनौती हुन जाने र सप्तमीका दिन बेलटुट्टी भएर आउने तथा अष्टमीदेखि दशमीसम्म खसी बोकाको बलि दिने एवं नाचगान गर्ने गरिन्छ । अन्तिम दिन मेला बिसर्जन तथा दहन कार्यक्रम गर्ने गरिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा