दसैंको चियापान

काठमाडौं । सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठानले हिजो केन्द्रीय कार्यालय टंगालमा बडादसैं, तिहार र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमको आयोजना ग¥यो । प्रतिष्ठानका अध्यक्ष डा. रमेश ढुंगेलले प्रमुख अतिथिका रूपमा सबैको स्वागत गरेका थिए ।

सो अवसरमा नेपाली कांग्रेसका नेताहरू एवं प्रतिष्ठानका सदस्यहरूको उपस्थिति थियो । कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ सल्लाहकार तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली कांग्रेसमा मात्र नभई समग्र मुलुककै लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय सूर्यप्रसाद उपाध्यायको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा सहभागी व्यक्तिहरू एवं वक्ताहरूले नेपाली कांग्रेसले सूर्यप्रसाद उपाध्यायलाई आफ्नो वरिष्ठ नेताका रूपमा पुनस्र्थापित गरेकोमा कांग्रेस केन्द्रीय समिति एवं नेतृत्ववर्गको प्रशंसा गरेको छ । स्वर्गीय सूर्यप्रसाद उपाध्यायको तस्बिर ‘चार महान’मध्येका एकमा सामेल गरेर तदनुरूपको मर्यादाक्रम मुताविक कांग्रेस केन्द्रीय कार्यालयमा अझै नराखिएकामा उपस्थित व्यक्तिहरूले असन्तुष्टि पोखेका थिए ।

स्वर्गीय उपाध्याय कांग्रेसभित्र बीपी कोइराला, गणेशमान सिंह र सुवर्ण शमशेरसँगै ‘चार महान’मध्येका एक मानिन्छन् । यी चार नेतालाई ‘चार महान’को संज्ञा स्वयं कृष्णप्रसाद भट्टराईले दिएका थिए । कार्यक्रममा उपस्थित सहभागीहरूले कांग्रेसलाई थप घच्घच्याउने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते