घर घर मै पुगेर जनप्रतिनिधिले गरे ३५ सय मास्क वितरण


सर्लाही । कोरोना भाईरस कोभिड–१९ बाट बच्न दुई दिनमा लालबन्दी नगरपालिका वडा नं. १३ मा ३५ सय माक्स वितरण गरिएको छ । लालबन्दी–१३ पत्थरकोटमा बुधवार र विहिवार गरी कोरोना भाईरस संंक्रमण बाट बच्न जनप्रतिनिधिहरु घर–घरमै पुगेर मास्क तथा ७५० पिस हात धुने साबुन वितरण गरेका हुन् ।

लालबन्दी नगरपालिकामा सबैभन्दा बढि वडा नं. १३ माक्स तथा साबुन वितरण गरिएको जनप्रतिनिधिहरुले बताएका छन् । वडा अध्यक्ष शिवकृष्ण बैद्य, वडा सदस्य मोहन राउतले माक्स तथा साबुन जुटाएर घर घर मै पुगेर वितरण गरेपछी स्थानियहरु दङ्ग परेका छन् ।

भिडलाई मध्यनजर गर्दै भिड भाड नहोस् भनी प्रत्येक घरमा पुगेर मास्क वितरण गरिएकोे स्वास्थचौकी पत्थरकोटका अधिकृत अमित गौतमले जानकारी दिए । मास्क वितरण कार्यक्रममा प्रहरी चौकी पथरकोटका इन्चार्ज लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको समाजसेवी श्याम श्रेष्ठले जानकारी दिए ।

त्यस्तै ईश्वरपुर नगरपालिकामा कारोना भाईरस सक्रमण बाट बच्न १ हजार माक्स वितरण गरिएको छ । वडा नं. १३ श्रीनगरमा वडा अध्यक्ष रामकरण महतो, वडासदस्यहरु रामभरोस महतो,नथुनी साह,मनमायाँ बिक र गंगा माया श्रेष्ठले आफनो निजि लगानीमा मास्क वितरण गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 298 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ