पोखरामा सुरक्षा तयारी

पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल बसाइँका क्रममा सोमबार पोखरा आउने भएका छन् ।

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर’bout स्थलगत अनुगमनका लागि उनी मंगलबार बिहान अन्नपूर्ण आधार शिविर आउने कार्यक्रम छ ।

उनको पोखरा भ्रमण सफल बनाउन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा आइतबार प्रदेश सुरक्षा समितिको बैठक बसेको छ । यसैगरी, पोखरास्थित पुरानो विमानस्थलको अवलोकन, निरीक्षण र तयारी’bout जानकारी लिइएको छ ।

महासचिव गुरेटेस अन्नपूर्ण आधार शिविरमा पनि आउने कुराले यहाँका पर्यटन व्यवसायी उत्साहित छन् । टान गण्डकी अध्यक्ष धर्मराज पन्थीले महासचिवजस्तो अतिविशिष्ट पाहुना अन्नपूर्ण आधार शिविरमा आउने कुरा हाम्रा लागि गौरवको विषय हो भने । उनले आगामी दिनमा यसको महत्व अझ चुलिने विश्वास व्यक्त गरे ।

फ्रान्सका हिमाल आरोही मौरिस हर्जोगले सन् १९५० जुन ३ मा सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँगै विश्वमै हिमाल आरोहणमा आकर्षण बढेको पाइन्छ ।

अन्नपूर्ण हिमालको आरोहणको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र पदयात्राका लागि आकर्षणको गन्तव्य बन्दै गएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरी स्कुलका भ्रष्टाचार अभियुक्तलाई थुनेरै अनुसन्धान