पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार पोखराबाट लुम्बिनी प्रस्थान गरेका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतले बिदाइ गरे । बिदाइका क्रममा महासचिव गुटेरेसलाई उनको तस्बिरसहित पोखरा झल्किने मायाको चिनो प्रदान गरियो ।
पोखराको पुरानो विमानस्थलमा पत्रकार सम्मेलनसहित उनको बिदाइ समारोहमा मुख्यमन्त्री पाण्डेले महासचिव गुटेरेसलाई सो मायाको चिनो हस्तान्तरण गर्दा उनले खुसी हुँदै स्वीकार गरे ।
पत्रकार सम्मेलनका क्रममा महासचिव गुटेरेसले अद्भूत हिमाल र हिमनदी जोगाउनुपर्ने बताए । छोटो सम्बोधनका क्रममा उनले हिमाल र हिमनदी लगायतबाहेक अरु विषय र प्रसंग उठाएनन् ।
उनले पोखरामा आफूले पाएको अद्भूत आतिथ्यका लागि कृतज्ञता व्यक्त गरे । ‘यो संसारको आश्चर्यमध्ये एक हो, तर यो एक अचम्म हो जुन खतरा छैन ’cause म एक चेन हुँ र मेरो भ्रमणको कारण विश्वलाई स्पष्ट सन्देश दिनु थियो,’ उनले भने, ‘प्रकृतिविरुद्धको यो युद्ध रोक्न जरुरी छ । प्रदूषित र जलवायु परिवर्तनलाई रोक्न यो आवश्यक छ ’cause हामीले यी अद्भुत हिमालहरू र यी अद्भुत हिमनदीहरूलाई जोगाउनै पर्छ । नेपाललाई समर्थन गर्न र जलवायु परिवर्तनमा योगदान नगर्ने तर परिणाम भोग्ने अन्य देशहरूलाई समर्थन गर्न आवश्यक छ ।’ उनले आज जलवायु परिवर्तनका धेरै पीडामा परेको कारण आफूले नेपाल भ्रमण गरेको बताए ।
चारदिने नेपाल भ्रमणक्रममा उनी दिउँसो सेनाको हेलिकोप्टरबाट पोखरा आएका थिए । यहाँ रहँदा उनले धार्मिक पर्यटकीय क्षेत्र पुम्दीकोटस्थित विशाल महादेव मूर्तिको अवलोकन गरे भने फेवातालमा बोटिङ पनि गरे । सोमबारको रात फिस्टेल लजमा बिताएका उनी मंगलबार बिहानै अन्नपूर्ण बेस क्याम्प पुगेका थिए ।






