दैलेखको डुङ्गेश्वर गाउँपालिका अध्यक्ष सुन्दर कुमार केसीले गरिब, विपन्न विद्यार्थीको सहयोगका लागि ५लाखको अक्षय कोष स्थापना गरेका छन् । गरिबीको रेखामुनी रहेका जेहेन्दार विद्यार्थीहरुको शिक्षामा सहयोग गर्नेगरी अध्यक्ष केसीले सरकारी तलब भत्ताबाट अक्षय कोष स्थापना गरेका हुन् ।
राज्यले दिने मासिक सेवा सुविधा नलिने घोषणा गरेका अध्यक्ष केसीले उक्त रकमबाट अक्षय कोष स्थापना गरेको बताए ।
प्रत्येक महिनाको सेवा सुविधालाई कोषमा जम्मा गरी त्यही कोषबाट जेहेन्दार गरिबीको रेखामुनी रहेका परिवारका विद्यार्थीको शिक्षामा सहयोग गरिने उनले जानकारी दिए ।
उनले आफु जनताको काम गर्न आएको भन्दै रकम अभावकै कारण शिक्षा आर्जन गर्न नसक्ने विद्यार्थीहरुलाई अक्षय कोषबाट सहयोग पुग्ने उनले बताए ।
अक्षय कोष स्थापनाले गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई ठुलो सहयोग हुने अध्यक्ष केसिले जानकारी दिए ।






