डल्फिन हल्का जिउको, लचिलो र कमजोर हड्डी भएको मानिसजस्तै हुन्छ । डल्फिन मानिसजस्तै विभिन्न कलाले सुसज्जित हुन्छन् । यही कला उपयोग गरेर डल्फिन सार्कजस्ता सिकारी माछाबाट सजिलै बच्छन् । डल्फिनको स्मरण शक्ति धेरै हुन्छ । यनीहरूको आफ्नो परिवार हुन्छ । समस्या आइपर्दा सबै एकजुट भएर लड्छन् ।
यिनीहरूको सुन्ने शक्ति अदुभूत हुन्छ । खतरा आइपर्दा बच्न मानिसले झैं सञ्चार आदान प्रदान गर्छन् । यिनीहरू अद्भूत पौडीबाज हुन्छन् यिनीहरूको चिल्लो र चिप्लो छालामा चोट लाग्न पुगेमा त्यो २ घण्टाभित्रै ताजा भएर आउँछ । यिनीहरूले मानिसले जस्तै फोक्सोबाट स्वास फेर्छन् । तर, जमिनमा भने बस्न सक्दैनन् ।
डल्फिन मानिसझैं प्रत्येक दिन ८ घण्टा सुत्छन् । मानिस झैं निद्रा पु¥याउने गर्छन् । छिनछिनमा ब्युझने र सुत्ने गर्छन् । यिनीहरू सास फेर्न १ मिनेटमा तीनदेखि पाँचपटक सतहमा आउँछन् । यिनीहरू निदाउँदा पनि पौडिइरहेका हुन्छन् । मानिसले झैं बच्चा जन्माउने डल्फिनले प्रायः एउटा बच्चा जन्माउँछ तर कहिलेकाहीँ जुम्ल्याहा पनि हुन्छन् । बच्चा जन्माएपछि माउ डल्फिनले नानीलाई मानिसले झैं ढाडमा बोकेर हुर्काउँछ । काउ डाल्फिनले बच्चालाई अत्यन्त पौष्टिक र शक्तिवद्र्धक दूध चुसाउँछन् ।
डल्फिनको औसत आयु २० देखि २५ वर्ष मानिए पनि ती ५० वर्षसम्म बाँच्न सक्छन् । बुद्धिमान समुद्री जीव डल्फिन परोपकारी स्वभावका हुन्छन् । बिरामी वा घाइते जीवको साथमा रहेर दुःख बाँडचुँड गर्न चाहन्छन् । यिनीहरू एकआपसमा कुराकानी गर्छन् । मानिसले झैं यिनीहरूले एकअर्कालाई भिन्दाभिन्दै नामले बोलाउने गर्छन् । यिनीहरूको परिवार १ हजारको संख्यासम्म हुन्छ । यिनीहरूले मानवको क्रियाकलाप र तरंग छिट्टै समात्ने गर्छन् । र, मानिसको नजिक आउँछन् ।






