सुपादेउरालीको भेटी भूकम्प पीडितलाई

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोटमा रहेको प्रसिद्व सुपा देउराली मन्दिरले भक्तजनबाट मन्दिरमा चढाएको भेटीबाट भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्शबहादुर केसीले बताए।दैविप्रकोप तथा विपद् व्यवस्थापन समितिको खातामा उक्त रकम सहयोग गरिने उनको भनाइ छ।२०७२ सालको भूकम्पमा पनि मन्दिरले भेटीबाट १ लाख रुपैयाँ सहयोग गरेको थियोे । दिनप्रतिदिन मन्दिरको दर्शन गर्नको लागि आन्तरीक र बाह्य पर्यटकको भिड लाग्ने गरेको छ।

यस्तै सोहि मन्दिरले मन्दिरमा चढाएको भेटीबाट नै १० निजी शिक्षक राखेर विद्यालय सञ्चालन गदै आएको छ । मासिकरुपमा सन्धिखर्क खाँचीकोटको आदर्श माध्यमिक विद्यालयमा ७० हजार, शीतगङ्गा– २ को शान्ति आधारभूत विद्यालयमा ६२ हजार पाँच सय, सीता आधारभूत विद्यालयमा २१ हजार छ सय र देउराली आधारभूत विद्यालयमा ११ हजार छ सय खर्च हुने गरेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष केसीको बताए । यो बाहेक अन्य गाउँका विकास निर्माणमा पनि खर्च हुने गरेको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

epaper

ताजा समाचार

माग सम्बोधन नभए आन्दोलन चर्काउने दुर्गा प्रसाईंको चेतावनी