इटहरी । करिव एक बर्षअघि तामझामका साथ मोरङको बेलबारी–३ मा उद्घाटन गरिएको कोशी प्रदेश प्रहरी अस्पताल सोमबार रातीनै सुनसरीको इनरुवा सारिएपछि फर्काउन प्रदेश संसद तथा नगरपालिकाले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । बेलबारीबाट रातारात ईनरुवा सारिएको अस्पताल यथास्थानमा नै सञ्चालन गर्न माग गर्दै बेलबारी नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी अस्पताल फिर्ता ल्याउन पहल गर्ने बताएको छ ।
सारिएको कोशी प्रदेश प्रहरी अस्पताल गेटैमा पत्रकार सम्मेलन आयोजना गर्दै अस्पताल फ्रिता ल्याउन प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिना, उपमेयर थापा र स्थानीय राजनीतिकर्मीको टोलीले मुख्यमन्त्री केदार कार्कीलाई ज्ञापनपत्र बुझाएको बेलबारी नगरपालिकाका प्रबत्ता टेकबहादुर राईले जानकारी दिए।
अस्पताल जनप्रतिनिधिहरुसंग समन्वय नगरी छापामार सैलीमा सारिएको भन्दै तत्काल फ्रिता ल्याउन माग गरिएको प्रबत्ता राईले बताए। अस्पतालको आधा जति फर्निचर तथा स्वास्थ्य सामाग्री रातारात इनरुवा सारिएको खबर पाए लगत्यै स्थानिय जनप्रतिनिधिहरुले बाँकी समान रोकेर राखेका थिए।
पूर्वप्रहरी कर्मचारी, अशक्त तथा बहालवाला प्रहरी कर्मचारी र आश्रित परिवारसमेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने सञ्चालनमा ल्याइएको उद्देश्यले प्रदेश प्रहरी अस्पताल अन्यत्र सारिएको भन्दै स्थानियहरुले बिरोध जनाएका छन्। अस्पताल तत्कालीन प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उद्घाटन गरेको गरेका थिए।
तस्वीर : बेतना दैनिक






