नम्बरी सुनको नयाँ गीत ‘तिमी वर म पीपल’

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’ आगामी माघ १९ गतेबाट रिलिज हुने भएको छ । यो चलचित्रको नयाँ गीत ‘तिमी वर म पीपल…’ सार्वजनिक गरिएको छ । यो गीतमा प्रताप दास र अनु चौधरीको स्वर रहेको छ । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ । गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश बीबीसीको मिक्सिङ र मास्टरिङ छ ।

यो गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी गरेका छन् । यो चलचित्रका मुख्य कलाकार गौरव पहारी र नम्रता सापकोटाले अभिनय गरेका छन् । गीतको भिडियोलाई ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । गीतमा यी दुईको अभिनय आकर्षक छ । गीतको भिडियोमा मानकृष्ण महर्जनको छायांकन, मनोरञ्जन श्रेष्ठको कलर रहेको छ ।

यो चलचित्रलाई राजु गिरीले निर्देशन गरेका हुन् । फिल्ममा गौरव र नम्रतासँगै सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सबिन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने र राजेन्द्र गिरीको अभिनय छ ।

फिल्ममा शिवम अधिकारीको कथा र पटकथा, दिव्य सुवेदीको छायांकन, गौतम राज खड्काको सम्पादन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, अर्जुन पोखरेल र नारायण खातीको शब्द, राजेशपायल राई, प्रताप दास, शान्तिश्री परियार र अनु चौधरीको स्वर, विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, समिर मियाँको भीएफएक्स, देव महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी छ । नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्ममा सरोज खाती, सबिन खाती र मनोज रिजाल निर्माता छन् ।

तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल वितरक महासंघको १४औं साधारण सभा धनगढीमा हुने