धनगढी । नेपाल वितरक महासंघको १४औं वार्षिक साधारण सभा भोलि र पर्सी (यही वैशाख ११ र १२ गते) सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा हुने भएको छ ।
मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघका अध्यक्ष दुर्गा गौतमले साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार सभाको उद्घाटन सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाले गर्नेछन् ।
‘आन्तरिक पर्यटन प्रवर्द्धन र देशभरका वितरकबीचको एकता मजबुत बनाउने उद्देश्यले धनगढीमा साधारण सभा आयोजना गरिएको हो,’ अध्यक्ष गौतमले भने।
२०६६ सालमा स्थापना भएको महासंघ दैनिक उपभोग्य वस्तु एफएमसीजीको वितरण गर्ने जिल्ला वितरक संघहरुको छाता संगठन हो । १७ वर्षको अवधिमा महासंघ ४५ जिल्लामा विस्तार भइसकेको छ ।
महासंघले २०७२ सालको महाभूकम्प, २०७६ सालको कोभिड महामारी र २०८० सालको जाजरकोट भूकम्पको समयमा जोखिम मोलेरै अति आवश्यक वस्तुको आपूर्ति व्यवस्था चालु राखेको अध्यक्ष गौतमले स्मरण गरे । ‘हामी नाफामुखि भन्दा पनि जिम्मेवारी लिएर आपूर्ति व्यवस्थापनको पुलको रुपमा काम गर्ने व्यवसायी हौं,’ उनले भने।
पत्रकार सम्मेलनमा पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अत्यधिक बढ्दा ढुवानी लागत महँगो भएको र हरेक पसलसम्म सामान पुर्याउन चुनौती थपिएको अध्यक्ष गौतमले जानकारी दिए ।
साधारण सभामा देशभरका ४५ जिल्लाका ३०० बढी वितरक प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।
सम्बन्धित समाचार
धनगढीमा ‘बुक फ्रि फ्राइडे’ प्रभावकारी : विद्यार्थी पढाई सँगै सीप सिक्दै
फरक क्षमता भएका बालबालिकाको स्याहारमा समस्या
कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना
आचार्य कृष्णलाई धनगढीले दियो शिक्षामार्फत छुवाछुत अन्त्य गर्ने जिम्मेवारी
बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड
निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छः अध्यक्ष ढकाल
महिला सामूहिक बेमौसमी तरकारीखेतीमा आकर्षित






