पाल्पामा आप्रवासी श्रोत केन्द्र सहायता कक्ष सञ्चालन

पाल्पा । वैदेशिक रोजगारीमा जानेहरूलाई आवश्यक परामर्श सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय पाल्पामा आप्रवासी श्रोत केन्द्र सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । स्वदेशमै रोजगारी गरौ, विदेश जाने भए सहि सूचना लिई, सिप सिकेर मात्र जाऔ भन्ने सूचना प्रवाह गर्न सहायता कक्ष शुरु गरिएको छ ।

सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयमा राहादानी बनाउन आएका सबैलाई सूचनाको पहुँच बृद्धि, कानूनी सहजिकरण, सीप तालिमका लागि सहजिकरण र मनोसामाजिक परामर्श प्रदान गरिने छ । जसमा सम्भावित आप्रवासी कामदार, अध्ययनका लागि विदेश जाने विद्यार्थी र विदेशमा घुम्नका जाने वा आफन्तलाई भेटघाट गर्न जाने सबैलाई सहायता कक्षबाट सेवाप्रदान गरिनेछ ।

उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश सामी कार्यक्रम, जिल्ला प्रशासन कार्याल र तानसेन नगरपालिकाको संयुक्त प्रयासमा सहायता कक्ष सञ्चालन गरिएको हो । बैदेशिक रोजगारीमा जाने संख्याका हिसाबले पाल्पा जिल्ला लुम्विनी प्रदेशमा तेस्रो जिल्लामा पर्दछ ।

आर्थिक बर्ष २०६४–०६५ देखि २०७९–०८० सम्म लुम्बिनी प्रदेशबाट १० लाख ६ सय १५ जना बैदेशिक रोजगारीमा गएकोमा पाल्पाका ७३ हजार ६ सय ५ जना रहेका छन् । आप्रवासी श्रोत केन्द्र सहायता कक्ष लागी प्रदेश सरकारबाट १८ लाख र तानसेन नगरपालिकाबाट ५ लाख बजेट विनियोजन गरिएको छ । सहायता कक्षको सेवा शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख टंकनाथ खनालले गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय अधिकृत टुकराज पाण्डे, तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवाली, सामी कार्यक्रमका प्रदेश व्यवस्थापनक पञ्चराम चौधरीले बैदेशिक रोजगारलाई सरकारले सुरक्षित र व्यवस्थित गर्न विभिन्न कार्यक्रमहरू चलेका यसबाट लाभ लिनुपर्ने बताएका छन् ।

तानसेन नगरपालिका नगरप्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षता, उपप्रमुख प्रतिक्षा गाहा सिंजालीको स्वागत र सामाजिक विकास अधिकृत भरत आचार्यको सञ्चालनमा कार्यक्रम चलेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)

epaper

ताजा समाचार

सामाजिक सद्भाव बिथोल्ने ३९ जना पक्राउ