सामाजिक सद्भाव बिथोल्ने ३९ जना पक्राउ

काठमाडौं । प्रहरीले तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपमा हिजो शुक्रबार र आज शनिबार ३९ जनालाई पक्राउ गरेको छ । हिजो शुक्रबार पक्राउ परेका ती व्यक्ति अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले जानकारी दिएका छन ।

उनीहरूले सामाजिक सद्भाव बिथोल्ने गतिविधि गरेको उनले जानकारी दिएका छन । शुक्रबार सबैभन्दा बढी धनुषामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा २१ जनालाई राखिएको छ ।

त्यसबाहेक सिरहामा ५, सर्लाहीमा ९, पर्सामा १, महोत्तरीमा २ र सप्तरीमा १ जनालाई पक्राउ गरीएको उनले जानकारी दिए ।

धनुषा, महोत्तरी र सिराहामा बिहीबार पक्राउ परेका २५ जनालाई आवश्यक अनुसन्धानपछि हाजिर जमानीमा छोडिएको प्रवक्ता काफ्लेले बताए । बिहीबार धनुषामा १२, महोत्तरीमा १० र सिराहामा १ जना पक्राउ परेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त