आफ्नो नेतामाथि भएको सांघातिक आक्रमणको नेकपा प्रदेश २ द्वारा भर्तसना

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ ले पार्टीका रौतहट जिल्ला कमिटी सदस्य रामएकवाल मुखिया माथि भएको सांघातिक आक्रमणको भर्तसना गर्दै कडा कारवाहीको माग गरेको छ ।

शुक्रबार विहान ११ बजे देवाही गोनाही नगरपालिका–५, टिकुलियामा नेता मुखियासहित ३ जनामाथि सांघातिक आक्रमण भएको थियो र उनीहरू उपचारका लागि काठमाडौं लगिएको छ ।

घटनापछि नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलले प्रेस बिज्ञप्ती जारी गर्दै उक्त घटना ज्यान लिने उद्देश्यले भएको भन्दै घटनाका दोषीलाई तुरुन्त गिरफ्तार गरी कडा कारवाही गर्न गृह प्रशासनसंग आग्रह गरेका छन् ।

यता रौतहट क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका नेता साहले समाजिक सञ्जाल फेसबूक मार्फत भनेका छन्, ‘महामारीको रुपमा रहेकÞो कोरोना भाइरसका कारण निम्तिएको यस महाविपत्तिको घडीमा सबैले आ–आफÞ्नो घर भित्र बसी लकड़ाउनलाई सहयोग गर्नुको सट्टा रौतहटको देवाही गोनहि नपा–५, टिकुलिया टोलमा हाम्रो पार्टीका जिल्ला कमिटी सदस्य क. रामएकवाल मुखिया माथी सुनियोजित रुपमा दिनको ११ बजे संघातिक आक्रमण भएको छ ।’

उनी थप्छन, ‘उक्त हमलामा परी क. रामएकवाल सहित ३ जना गम्भीर घाईतेहरुलाई हाल उपचारका लागी काठमाण्डौं पठाईएको छ । ज्यान मार्ने उद्देश्यबाट गरीएको यस आपराधिक तथा अमानवीय घटनाको घोर भत्र्सना गर्दै अपराधीहरूलाई तुरुन्त कारवाही गर्न गृह प्रशासनसंग माग गर्दछु । साथै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

तपाइको प्रतिक्रिया
(Visited 414 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ