प्रहरी जवानसहित तीन जनाले गरेको भ्रष्टाचारको पोल खुल्यो

काठमाडौं । इलाका प्रहरी कार्यालय बर्दघाट पश्चिम नवलपरासीमा कार्यरत तत्कालीन कार्यालय प्रमुख प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु घटनाको छानबिन गर्दा भ्रष्टाचार प्रकरण बाहिर आएको छ ।

प्रहरी निरीक्षकको मृत्यु घटनाको छानबिन

वाग्लेको मृत्यु अस्वाभाविक देखिएपछि गृह मन्त्रालयले ३ सदस्यीय समिति बनाएर छानबिन गरेको थियो । निरीक्षक वाग्लेको मृत्यु घटना’bout छानबिन गर्दा भ्रष्टाचार देखिएपछि थप अनुसन्धान र कारबाही गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरिएको थियो ।

अख्तियारले अनुसन्धान सकेर बुधबार इलाका प्रहरी कार्यालय बर्दघाट पश्चिम नवलपरासीका तत्कालीन प्रहरी जवान संजीव धवल, भरतपुर महानरपालिका–८ का अर्जुनप्रसाद शर्मा र सोही महानरपालिका–२१ का इन्द्रलाल श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सादा पोसाकमा कार्यरत प्रहरी जवान धवलले २१ साउन २०७८ मा अवैध मोबाइलसहित गाडी लिई आउने अर्जुनप्रसाद र इन्द्रलालको बैंक खाताबाट आफ्नो बैंक खातामा ५५ हजार रुपैयाँ ट्रान्सफर गर्न लगाएको अनुसन्धानबाट खुलेको थियो ।

त्यसैगरी, १ लाख २० हजार रुपैयाँ नगदै बुझेर अवैध मोबाइल भएको गाडी प्रहरी जवान धवलले छाडेकाले १ लाख ७५ हजार घुस लिइएको पुष्टि हुने भन्दै मुद्दा दायर गरिएको छ ।

त्यसैगरी, राष्ट्रसेवक कर्मचारीलाई घुस दिई प्रभावमा पारिएको भन्दै घुस दिनेविरुद्ध पनि मुद्दा चलाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 410 times, 1 visits today)

epaper

ताजा समाचार

चितवनका थपलिया बागमतीमा मुख्यमन्त्री पक्का