लकडाउनबाट प्रभावित २ सय ७८ परिवारले राहत पाए


सर्लाही । सर्लाहीको मलंगवा नगरपालिकामा लकडाउनबाट प्रभावित २ सय ७८ अति विपन्न तथा दलित परिवारले राहत पाएका छन । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले अह्वान गरेको लकडाउनका कारण ज्याला मजदुरी गरेर खाने मलंगवा नगरपालिकाभित्रका अति विपन्न परिवारलाई मलंगवाका व्यापारीहरुले राहत वितरण गरेका हुन् ।

मलंगवा नगरपालिकाको १२ वटै वडाका अति विपन्न परिवारलाई एक बोरा चामल, दुई किलो दाल, एक किलो चिउरा ,दुई किलो आलु, दुई किलो प्याज, एक किलो सोयाविन, एक लिटर खानेतेल,मासाला,माक्स र हात धुने साबुन वितरण गरिएको दुर्गा प्रेस मलंगवाका संचालक संजय कुमार गुप्ताले जानकारी दिए ।


व्यापारी खेम गोयल, विकास गोयल, जय प्रकाश अग्रवाल, नवनीत अग्रवाल, सत्यनारायण अग्रवाल, राजु अग्रवाल, राम एकवाल प्रसाद साह, संजय कुमार गुप्ता, डा. घनश्याम प्रसाद साह, मुकेश जयसवाल, र चन्द्रकिशोर साहको सहयोगमा राहत वितरण गरिएको व्यापारी गुप्ताले बताए ।

राहत सामग्री पाएपछि लकडाउन प्रभावित परिवार दङ्ग परेका छन ।राहत वितरण कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाही प्रमुख मेथुर चौधरी, मलंगवा नगर प्रमुख निरसल साह, प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसी, प्रहरी उपरीक्षक विश्वमणी पोखरेल, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत होमनथ सुवेदी, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुर लगायतको व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 350 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ