भीड नियन्त्रणमा घातक हतियार प्रयोग’bout सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ

काठमाडौं । प्रहरीले भीड नियन्त्रणका क्रममा प्रयोग गर्ने मेटल बुलेट वा प्राणघातक हतियारको प्रयोग गरिएको ’boutमा सर्वोच्चले सरकारसँग लिखित जवाफ माग गरेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरीले भीड नियन्त्रणका लागि घातक हतियारको प्रयोग गर्दा सर्वसाधारणको ज्यान गएकाले त्यसलाई रोक्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमाथि बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले सरकारसँग लिखित जवाफ मागेको हो । पछिल्लो समय प्रदर्शनकै क्रममा ललितपुरको बालकुमारीमा दुई युवा र सर्लाहीको बरहथवामा एक युवाको प्रहरीको गोलीबाट मुत्यु भएको प्रकरणलाई आधार बनाएर वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्चमा रिट दिएका थिए ।

उनले अन्तर्राष्ट्रिय महासन्धिले पनि भीड नियन्त्रणमा घातक हतियारको प्रयोग र अनावश्यक बल प्रयोग दुवै निषेधित गरेको भन्दै त्यस्तो कार्यमा संलग्न सुरक्षा अधिकारीसमेतलाई कारबाही गर्ने स्पष्ट व्यवस्था गरेको उल्लेख गरेका थिए । प्रहरीले आत्मा सुरक्षाका साधनको अभावमा पनि अत्यधिक बल प्रयोग गरेको भन्दै प्रहरीलाई पर्याप्त हेल्मेट, सुरक्षा ज्याकेट एवं बुलेटफ्रुफको निरन्तर आपूर्तिको व्यवस्था गर्न पनि माग गरेका थिए ।

नेपालको संविधानले पनि प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको भन्दै अधिकारीले रिट निवेदनमा सम्मानपूर्वक बाँच्नका लागि व्यवस्था गरिएका मौलिक हकमा समेत राज्यले नै प्रहार गरिरहेको उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

epaper

ताजा समाचार

घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन