मध्यपुर थिमि नगरपालिकाका प्रप्रअ घुस रकमसहित नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा छापा मारी घुस रकमसहित प्रमुख प्रशाकिय अधिकृत लगायतका कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

नगरपालिकामा घुस लेनदेन भइरहेको सूचनाका आधारमा सोमबार अख्तियारको टोली प्रहरीसहित पुगेको हो।

अख्तियार स्रोतले दिएको जानकारी अनुसार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित केही कर्मचारी नियन्त्रणमा परेको र ३३ लाख रुपैयाँ बरामद भएको छ। यद्यपि, नियन्त्रणमा लिइएका व्यक्तिको संख्या, नाम, पद तथा बरामद रकम’bout आयोगबाट औपचारिक पुष्टि भइसकेको छैन।

अख्तियार स्रोतका अनुसार घटनास्थलमा बरामद रकम तथा अन्य प्रमाणको मुचुल्का तयार गर्ने काम भइरहेको छ। घुस लेनदेन कुन कामसँग सम्बन्धित थियो भन्ने विषय पनि स्पष्ट भइसकेको छैन।

आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि नियन्त्रणमा लिइएका कर्मचारी, बरामद रकम र घटनासम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्ने बताइएको छ। घटना’bout थप अनुसन्धान भइरहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीको फूलबारीमा १५ शय्याको अस्पताल सञ्चालनमा