स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–९ वालिङ–हुवास भित्री सडकखण्डमा आइतबार साँझ ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हुवासबाट वालिङतर्फ आउँदै गरेको ग १ त ५७६९ नम्बरको ट्याक्टर साँझ करिब ६ः५० बजे सडकको बायाँ किनारामा पल्टिएर दुर्घटनामा परेको हाे।
दुर्घटनामा ट्याक्टरमा सवार पाँच जना घाइते भएका मध्ये वालिङ नगरपालिका–१० निवासी ६१ वर्षीय नन्दलाल बुढामगर (नन्दु) लाई उपचारका क्रममा साँझ ७ः३५ बजे र पर्वत घर भई हाल वालिङ १० बस्ने ४३ बर्षिय प्रेम राना मगरकाे उपचारकै क्रममा । चिकित्सकले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका सूचना अधिकारी रमेश दत्त अवस्थी जानकारी दिए ।
दुर्घटनामा ट्याक्टर चालक दाङको शान्तिनगर गाउँपालिका–१ निवासी ३७ वर्षीय धनवीर पुनमगर, वालिङ नगरपालिका–१० निवासी २० वर्षीय सुलभ परियार र ४६ वर्षीय झकबहादुर थापा घाइते भएकाे प्रहरीले जनाएको छ । उनीहरूको टाउको, हात, खुट्टा, कम्मर तथा ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको र अहिले वालिङ स्थित गह्रौं नगर अस्पतालमा उपचार भईरहेकाे प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा
‘मिस वेलनेस वल्र्ड २०२६’ का विजेता सान्वीलाई गृहनगरमा स्वागत
गुल्मीमा स्कारपियो दुर्घटना : ६ जनाको मृत्यु, ३ जना घाइते
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा
बिचौलिया इनम सापकोटावारे समाचार आएपछि नेपाल प्रहरीमा खैलाबैला
‘नेपाल प्रेस’को कार्यालयबाटै पत्रकार विश्वमणि सुवेदी पक्राउ
भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा






