बारा । नेपालको विकास मधेशको विना संभव नरहेको पुर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले बताएका छन् । बाराको करैयामाई गाउपालिका वडा नम्बर ८ इटहर बेलाही स्थित तियर नदीको उदघाटन कार्यक्रमको उदघाटन गर्दै मधेशको विकास बिना देशको विकासको परिकल्पना गर्नु दिवा सपना देख्नु सरह रहेको उप प्रधानमन्त्री यादवले बताए ।
नेपाल संघिय गणतन्त्र भए देखि मधेश प्रदेशमा विकासको लहर छाएको उनले बताए । सबै प्रदेशको तुलनामा गरिबि विकृति विसङ्गति मधेश प्रदेशमा रहेको छ । केन्द्र सरकारको गलत चिन्तन सोचले गर्दा मधेश प्रदेश पिछडिएको यादवले बताए । मधेश प्रदेशको जनसङ्ख्याको आधारमा विकास गर्न वजेट विनियोजन नगर्दा मधेश प्रदेशको विकास नहुन सकेको उनले बताए ।
मधेश प्रदेशको विकास गर्न हुलाकी सडक खण्ड निर्माण गर्नुपर्नेमा जोड दिए । पुर्व देखि पश्चिम सम्म रेलवे सडक जोडनु पर्ने बताए । गाउ गाउका सडक सदरमुकाम संग जोडनु पर्नेमा जोड दिए ।
मधेश कृषिको लागि उर्वर भूमि भए पनि कृषिमा पिछडिएको उनले बताए । कृषिको विकासको लागि विग्यान र प्रविधिको सहयोगले मात्रै कृषि संभव रहेको पुर्व उप प्रधानमन्त्री यादवले बताए ।

विरगंज चिनी करखाना लगायत उधोग बन्द हुदा देशका जनशक्ति विदेशीनुमा देश पछाडि धकेलिएको उनले बताए । बन्द रहेको उधोग सरकारले यथासिघ्र संचालनमा ल्याएर मधेश प्रदेशबाट गरिवी हटाउन सकिने उनले बताए ।
गरिवी वेरोजगार हुनु मानिसको जिवन कष्टकर रहेकोले कृषिमा आधुनिकीकरण गरेर वेरोजगारी उन्मूलन गर्ने सकिने बताए । पिछिडिएको मधेश प्रदेशलाई अगाडि बढाउन बजेट पर्याप्त नभए पनि केन्द्र संघ स्थानीय तहसंग समन्वय गरि विकासको लहर ल्याउनु पर्नेमा जोड दिए ।
करैयामाई गाउपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको तियर नदीको उदघाटन कार्यक्रममा प्रमुख अतिथि उप प्रधानमन्त्री तथा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उपेन्द्र यादव, संविधान सभा सदस्य प्रमोद गुप्ता, प्रदेश २ मुख्य मन्त्री सरोज यादव, प्रदेश सभा सदस्य शरदाशंकर साह, बच्चा यादव, पुर्व प्रतिनिधि सभा सदस्य रामबाबु यादव, प्रदेश सभा सदस्य पारस साह लगायतको सहभागिता रहेको थियो ।
तियर नदी उदघाटनमा मधेश प्रदेशको पुर्व अर्थ मन्त्री उषा यादव लगायत नेता कार्यकर्ताले उदघाटन पुर्व आफ्नो नाम शिलालेखमा उल्लेख नभएकोले शिलालेख तोडेका थिए । केही बेर उदघाटन सत्र तनावपूर्ण भएको थियो । केही नेताको भनथाप पछि पुर्व अर्थ मन्त्री यादव कार्यक्रम बहिष्कार गरेर हिडेका थिइन ।
शिलालेखको पिलरलाई माटो खनेर अडयाई शिलालेखको पिलर पुलमा डोरीले बाँधेर पुर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले रिवन काटेर उद्घाटन गरेका थिए ।






