काठमाडौं । बिन्ध्यवासिनी फाउन्डेसनले १४ औं संस्करणको बिन्ध्यबासिनी म्युजिक अवार्ड आगामी १ चैतमा आयोजना गर्ने भएको छ । सो अवार्डको १४औं संस्करणमा यस वर्ष सम्मान गर्ने स्रष्टाहरूको नाम पनि फाउन्डेसनले सार्वजनिक गरेको छ ।
शनिबार काठमाडौंमा सम्पन्न फाउन्डेसनको दसौं वार्षिक भेलाले विभिन्न व्यक्तिहरुलाई अवार्ड समारोहमा सम्मान तथा पुस्तरकका प्रदान गरिने’bout घोषणा गरेको छ ।
जस अन्तर्गत यस वर्षको एक लाख रुपैयाँ नगदसहितको बिन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्डबाट अग्रज गायिका मिरा राणालाई सम्मान गरिने निर्णय शनिबारको भेलाले गरेको हो ।
यस्तै ५० हजार रुपैयाँ राशीको बिन्ध्यवासिनी संगीत साधना सम्मानबाट संगीतकार भूपेन्द्र रायमाझीलाई सम्मानित गरिने निर्णय सो भेलाले गरेको छ ।
यस्तै २५ हजार रुपैयाँ राशी पुस्कार भएको बिन्ध्यवासिनी कला पत्रकारिता सम्मान शान्तिप्रियलाई प्रदान गर्ने निर्णय भएको छ ।
यसैगरी प्रेमध्वज संगीत रत्न सम्मान गायक रूपक डोटेललाई र झलकमान लोकसंगीत सम्मानबाट गायक राजु परियारलाई सम्मानित गरिने भएको छ । यी दुबै सम्मानको राशी जनही २५ हजार रुपैयाँ रहेको छ ।






