संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका –९ तुम्लिङटार की ६२ बर्षीया वृद्धा दिलकुमारी घिमिरे हत्यामा संम्लग्न एक जना पक्राउ परेका छन् । वृद्धाको हत्या आरोपमा सुनसरीको धरानका दिपेन भन्ने आकास राई लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठ जानकारी दिए । हत्या लगत्तै फरार रहेका राईलाई एक साता पछि धरानबाट पक्राउ गरेको हो ।
राईले सुनको गरगहनाको लोभमा वृद्धाको हत्या गरेको खुल्न आएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । आरोपित राईले वृद्धाको हत्यापछि गुनको गरगहना धनकुटा पाख्रीवास नगरपालिका –४ बुद्धचोक स्थित रुपकला ज्वेलर्समा ४७ हजार रुपैयाँ विक्री गरेपछि हत्या गरेको खुल्न आएको हो ।
घटनापछि आरोपित राई हुलिया परिर्वतन गर्दै विभिन्न नाका मार्फत धनकुटा,बसन्तपुर,भेडेटारको बाटो हुदैँ धरान पुगेका थिए । उनले प्रहरीलाई झुक्काउन चार पटक सम्म सिमकार्ड परिवर्तन गरेको थिए । आरोपित राईले ६२ बर्षीया वृद्धा घिमिरेको माघ ६ गते बन्चरो प्रहार गरी हत्या गरेको उनको भनाइ छ ।
माघ ६ गते शनिबार बिहान ७ बजे घर नजिकै दाउँरा काट्न गएकी ६२ बर्षीया वृद्धा घिमिरेको शव रुखको जराले किचिएको रहस्यमय अवस्थामा फेला परेको थियो । हत्या पछि आरोपित राई धनकुटा,बसन्तपुर,भेडेटारका विविभन्न बाटो हुदैँ धरान पुगेका थिए । वृद्धा घिमिरेको माघ ६ गते रुखको जराले किचिएको अवस्थामा रहस्यमय ढंगले शव फेला परेको थियो ।
घटनाको अनुसन्धानका लागि माघ ७ गते प्रदेश प्रहरी कार्यालय विराटनगर बाट तालिम प्राप्त कुकुर सहितको टोली समेत आएको थियो । प्रहरीले घटना स्थल भन्दा एक सय ५० मिटर पर रगत लागेको बन्चरो,मृतकले प्रयोग गर्न मोवाइल र थैली फेला पारेको थियो ।
उनी केही महिना अघि मजदुरको शिलसिलामा संखुवासभा आइपुगेको थिए । घटनाको ’boutमा जिल्ला अदालत संखुवासभाबाट म्याद गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






