महाकमेडी यात्रा लिएर ८ शहरमा हँसाउँदै महाजात्रा टिम

काठमाडौं । चलचित्रको ’bout दर्शकमाझ जानकारी गराउन र प्रचार प्रसारलाई तिब्रपार्न आजकाल रिलिजको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ । जस मध्य मोफसल टुर पनि प्रचलित बन्दै गएको छ । यही छेकोमा चलचित्र महाजात्राले मोफसल र काठमाडौंमा दुई चरणमा महाकमेडी यात्रा गर्ने भएको छ । दर्शकलाई हँसाउँदै उनीहरुले महाकमेडी यात्रामा यो चलचित्रको जानकारी गराउने निर्माण पक्षले सञ्चारकर्मीलाई जनाएको छ ।

आगामी ९ चैतबाट देशव्यापी रिलिज हुने यो चलचित्रको प्रचार प्रसार अहिले तिब्र रुपमा अघि बढाइएको छ । यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । जस मध्य अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत महाकमेडी यात्रामा हुनेछन् ।

यो यात्रा २१ फागुनबाट सुरु हुने र यसलाई दुई चरणमा सम्पन्न गर्ने यसका निर्माता म्याक्स दीपेश खत्रीले जानकारी गराएका छन्,‘हामीले फिल्मको प्रदर्शन अगाडि मोफसलका विभिन्न सहरमा पुगेर दर्शक भेटघाट गर्न लागेका हौँ । दर्शकसँग साक्षात्कार गर्दा हामीसँग रियालिटी शोमार्फत उदाउनुभएका कमेडियनसँगै हाम्रो फिल्मका कलाकारहरू हुनुहुनेछ’,

महाजात्राको यो महाकमेडी यात्रा २१ गते पोखराबाट सुरु हुने छ । त्यसपछि २२ गते बुटवल, २५ गते धनगढीमा हुनेछ । भ्रमणमा अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गरेका विभिन्न प्रस्तुतीमार्फत रोड शोमा दर्शकलाई मनोरञ्जन दिनेछन् ।

यस्तै यसको दोस्रो चरण फागुन ३० गते विर्तामोडबाट सुरू भई १ गते इटहरी, ३ गते हेटौडा र ४ गते नारायणगढमा विभिन्न प्रस्तुती हुनेछ । मोफसलमा पनि बजार बढाउन आफुहरुले यो महाकमेडी यात्रा सुरु गर्न लागेको निर्माता खत्रीले बताएका छन् ।

निर्देशक प्रदीप भट्टराईले लेखन तथा निर्देशनमा जात्रा र जात्रै जात्राको सफलतापछि तेस्रो शृङ्खलाको रुपमा महाजात्रा निर्माण गरिएको हो । निर्माण पक्षका अनुसार चलचित्रमा यसपटक पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै फिल्मको कथा रहेको छ । यो चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

epaper

ताजा समाचार

‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’