२३ विधामा साधना म्युजिक रिवार्ड प्रदान

काठमाडौं । विभिन्न २३ विधामा अवार्ड प्रदान गर्दै चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न भएको छ । पहिलो र दोश्रो सँस्करणमा अवार्डकै रुपमा प्रदान गरिएको यसलाई तेश्रो सँस्करणबाट रिवार्डको रुपमा प्रदान गरिएको आयोजक सँस्थाकी अध्यक्ष सामना शाहले कार्यक्रममा जानकारी गराईन् । रिवार्ड प्राप्त गर्ने २३ विधाका विजेतालाई ट्रफी, प्रमाणपत्र र जनही ५ हजार रुपैयाँ पुरस्कार पनि प्रदान गरियो ।

समारोहमा अग्रज संगीतकार एवम् नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटालाई आजिवन योगदान सम्मानबाट सम्मानित गरियो ।

समारोहमा लोकदोहोरी विधा तर्फ सर्वोत्कृष्ट लोकगीत शम्भु कुंवरलाई, गीतकारको रिवार्ड सन्तोष केसीलाई, लयको रिवार्र्ड प्रितम पोख्रेललाई, गायकको रिवार्र्ड अर्जुन सापकोटालाई, गायिकाको रिवार्र्ड नलिना परियारलाई प्रदान गरियो । यस्तै लोक दोहोरी गीतबाटै, पुरुष मोडलको रिवार्ड विराज विष्टलाई, महिला मोडलको रिवार्ड टिका जैशी, पुरुष मोडल (नृत्य)को रिवार्ड रविन सिंह ठकुरी, महिला मोडल नृत्यको रिवार्ड आरुषी मगरलाई प्रदान गरियो ।

यस्तै सो समारोहमा आधुनिक-पप विधा तर्फ गीतकारको रिवार्ड विपिन किरणलाई, संगीतकारको रिवार्ड सरोज कोईरालालाई, गायकको रिवार्ड डेविट शंकरलाई, गायिकाको रिवार्ड प्रतिमा केसीलाई दिईयो । सोही कार्यक्रममा आधुनिक पप विधाबाट भिडियो तर्फ पुरुष मोडलको रिवार्ड विक्रम बुढाथोकीलाई, महिलाको रिवार्ड निरुता शाहीलाई, म्युजिक भिडियो निर्देशकको रिवार्ड श्रृजन बराललाई प्रदान गरियो । त्यस्तै कार्यक्रममा छायाँकारको रिवार्ड दुर्गा पौडेलले, भिडियो सम्पादकको रिवार्ड अमृत चापागाईले र एरेन्जरको रिवार्ड विश्वास नेपालले हाँसिल गरे ।

यस्तै पब्लीक च्वाईस रिवार्ड गोविन्द मधुर आचार्यले, भिडियो निर्देशकको पब्लिक च्वाईस रिवार्ड काजीश श्रेष्ठले, जुरी रिवार्ड महिला मोडलतर्फ सरस्वती खत्रीले, नृत्य(मोडल)तर्फ सिम्रन दुलालले प्राप्त गरे ।

समारोहमा अग्रज गायक नवराज ढुङ्गाना, ¥याप गायक भरत समारी, मोडल विजेन्द्र नौवागे, सञ्चारकर्मी चन्द्रमणी गौतम,साहित्यकार दामोदर पुडाशैनी किशोर, सञ्चाकर्मी कमला जोशी, फेशन डिजाईनर कोपिला सुनार, सर्जन सर्जक डा. प्रकाश पौडेल, मोडल प्रमिता राजघतानी, मेकअप आर्टिष्ट संगीता राना, मोडल साया भण्डारी सम्मानित भए ।

कार्यक्रमको निर्णायकमा जुरीका रुपमा गायिका सरु गौतम, गायिका कालीका रोक्कामगर एवं मोडल सञ्जु न्यौपानेलगायत थिए । चलचित्र विकाश वोर्डका अध्यक्ष भुवन केसीले आगामी दिनमा यस्ता कार्यक्रमलाई बोर्डले सहयोग गर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

epaper

ताजा समाचार

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह