भरतपुर । यस वर्षको अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर भरतपुरमा महिला उद्यमी संघ नेपाल चितवनको आयोजना र वुमन इन रोटरीको सहकार्यमा ३ महिने फेसन डिजाइनिङसम्बन्धी तालिमको उद्घाटन गरिएको छ । भरतपुर १० मा रहेको को बेनुज फेसन टेक्नोलोजी परिसरमा भएको सो तालिमको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उद्धघाटन गरेका हुन् ।
तालिमको उद्धघाटन गर्दै उनले यस्ता तालिमले महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए । उनले महानगरले पनि आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने कार्यक्रमलाई प्रोत्साहन गर्ने गरेको भन्दै स्वरोजगार बन्नेतर्फ सबै लाग्नुपर्ने भनाई राखे । संघका अध्यक्ष एवं वुमन इन रोटरी चितवनको प्रतिनिधी श्वेता उपाध्यायको अध्यक्षतामा भएको थियो । सो क्रममा अध्यक्ष उपाध्यायले दिदीवहिनीहरुलाई आत्मनिर्भर भएर आफ्नो जिविका आफै चलाउन सकुन भन्ने उद्देश्यका साथ संघले विभिन्न महिला उद्यमी लक्षित कार्यक्रमहरु गर्दे आएको बताए ।
कार्यक्रममा महिला उद्यमी संघ नेपालका केन्द्रिय सदस्य अर्पणा प्रधान भन्डारीले चितवन-८ वर्ष अघि संघको शाखा स्थापना गरिएको जानकारी गराउदै स्थापना कालदेखि नै महिला उद्यमी संघले धेरै प्रभावकारी कार्यक्रम गर्दे आएको जानकारी गराइन । उनले पैसाको अभावकारण, अवसर नपाएका उद्योगी बन्न चाहने महिला विभिन्न तालिमलगायतका आवश्यक सहयोग संघले गर्ने गरेको बताइन ।
कार्यक्रममा नै उपस्थित सिदार्थ बैंक देवघाटका शाखा प्रमुख सावित्री खरेल,कार्यक्रममा नै उपस्थित भरतपुर ११ निवासी मिस नेपाल २०२३ प्रतियोगीताम सेमिफाइनलिष्ट टप २४ मा पर्न सफल सुधा देवकोटाले छोरीले आफ्नो जीवनमा केही गर्न सक्छन् भन्ने उदारहणीय बन्न यस्ता तालिमहरु आवश्यक रहेको बताइन । सिदार्थ बैकले नारीबचत खातामा नारी दिवस विशेष प्याकेज ल्याएको जानकारी गराउदै यस्ता प्याकेजबाट उद्यमी महिलाले लाभ लिन सुझाउनु भयो ।
सो तालिमको प्रशिक्षकमा काजल चन्द्रा रहनु भएको छ । उनले आत्मविश्वास बढाउन आफ्नो शरिरलाई सुहाउने चलनचल्ती अनुसारको पहिरनमा ख्याल गर्नु पर्ने भन्दै फेसन डिजाइनरको माग दिनप्रतिदिन बढिरहेको बताए । कार्यक्रमका् सघका सचिव तारा रसाईलीले सहजीकरण गरेका थिए ।
संघका कोषाध्यक्ष तीर्थना उप्रेतीले संघले महिला उद्यमीलाई टेवा पुग्ने विभिन्न कार्यक्रम गर्ने गरेको जानकारी गराइन । संघका वरिष्ठ उपाध्यक्ष एवं विनुज फेसन टेक्नोलोजीका प्रोपाइटर विनु लामा श्रेष्ठले तालिम लिइसकेपछि उनीहरुलाई रोजगारको व्यवस्था गरिघ ने बताइन । संघ नेपालको ६८ जिल्लामा शाखा रहेको छ । चितवनमा पनि ८ वर्ष अघि शाखा स्थापना गरिएको हो । हाल चितवन शाखामा विभिन्न उद्योग व्यवशाय गर्नुहुने ३५ जना महिला उद्योगीहरु आवद्ध भएका छन् ।






