भान्जीलाई जोगाउन खोज्दा भतिज र दाजुबाट निर्धात कुटिए रामचन्द्र

सप्तरी, राजविराज । भान्जीलाई कुटाई खानबाट जोगाउन खोज्दा एक युवक आफै निर्धात कुटिएका छन् ।

राजविराज नगरपालिका १ बस्ने ३८ बर्षिय रामचन्द्र साह यसरी निर्घात कुटिएका हुन । उनी आफ्नै दाजु मिश्रीलाल र भतिजा अरबिन्द्रबाट निर्धात कुटिएका हुन् । घाईते भएका रामचन्द्रलाई स्थानियले उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गराएका छन् ।

उनको टाउकोमा ६ वटा टाका लगाईएको छ भने शरीर भर चोटपटक रहेको उपचारमा संलग्न चिकित्सकको भनाई छ । प्रत्यक्षदर्शीका अनुसार बुधबार विहान ९ बजे तिर मिश्रीलालले घरमै पाहुना आएकी १० बर्षिया भान्जीलाई घरायसी विवादमा कुटपिट गर्दै थिए ।

उनी रोएको आवाज सुनेर बचाउन आएका रामचन्द्रमाथि मिश्रीलाल र उनका छोरा अरबिन्द रामचन्दर माथि नै खनिएका थिए । बाबु छोराको अन्धाधुन्द लठी प्रहारबाट रामचन्दर घटनास्थलमै वेहोस भएका थिए ।

मिश्रीलाल र रामचन्द्र सहोदर दाजु भाई हुन । हाल दाजु भाईको बसोबास भने छुट्टाछट्टै रहेको छ । पिडितका आफन्तले घटनामा संलग्न बाबु छोरालाई तत्काल पक्राउ गरी कानून बमोजिम कार्यवाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

डिएसपी तिलकभारतीले घटनामा संलग्न बाबु छोरा फरार रहेको र खोज तलास भईरहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

epaper

ताजा समाचार

चितवनमा गुडिरहेको ईभी कारमा आगलागी, कारभित्र जलेको अवस्थामा एउटा शव फेला