बेलायतमा कोरोनाले एकै दिन ३ नेपालीको निधन

५९ वर्षीय भूपू गोरखा चेतप्रसाद गुरुङ

लन्डन । कोरोना भाइरसले बेलायतमा एकै दिन ३ नेपालीको निधन भएको छ । भूपू गोर्खा शिव श्रेष्ठ, चेत प्रसाद गुरुङ र अर्का एक नेपालीको परिचय खुल्न बाँकी रहेको छ । नोटिङ्गघमस्थित गैरआवासीय नेपाली अभियानका अग्रज पशुपति पोखरेलका अनुसार भूपू गोरखा शिव श्रेष्ठको स्थानीय अस्पतालमा उपचारका क्रममा हिजो बुधवार दिउँसो निधन भएको हो ।

सोलुखुम्बुकाका ५८ वर्षिया श्रेष्ठ गत हप्तादेखि आइसोलेसनमा बसेका थिए । बुधवार बिहान स्वास्थ्यमा थप समस्या आएपछि अस्पताल भर्ना भएको पोखरेलले जानकारी दिए ।

गैरआवासीय नेपाली संघका केन्द्रीय पार्षद रणबहादुर केसीका अनुसार उनी दुई छोरा, श्रीमतिसहित नोटिङ्गघममा बस्दै आएका थिए । उनी स्थानयि नटिङहम नेपाली समाजका संस्थापक सदस्य थिए ।

बुधबार नै लण्डनस्थित नर्थविक पार्क अस्पतालमा दुई जना नेपालीको निधन भएको छ । तमुधिं लन्डन इकाईका पूर्व अध्यक्ष दिपक (डेविड) गुरुङका अनुसार ५९ वर्षीय भूपू गोरखा चेतप्रसाद गुरुङको लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार सांझ निधन भएको हो । अर्को एक नेपालीको परिचय खुल्न बाँकी छ ।

यसअघि बेलायतमा एकजना भूपू गोर्खा सैनिक लीलाबहादुर राई तथा प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण निधन भएको थियो ।

वेलायतमा बुधबार साँझ सम्म ५ नेपाली सहित ७ हजार ९७ जनाको कोरोना कारणले ज्यान गएको छ । ६० हजार भन्दा बढीलाई कोरोना संक्रमण देखिएकोे छ ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ