‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ घोषणा

काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीले नयाँ चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ निर्माणको घोषणा गरेका छन् । बालगायक अशोक दर्जीको जीवनीमा आधारित रहेर चलचित्र बनाउने लागेको उनले घोषणाका क्रममा बताएका छन् । अशोक र टंक बुढाथोकीको हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ को नाममा नै यो चलचित्रको नाम जुराएका हुन् ।

बिहीबार चलचित्र विकास बोर्डमा फिल्म ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’को निर्माण इजाजत लिएर निर्माण घोषणा गरेका हुन् । यसको निर्माता र निर्देशक पनि टंक बुढाथोकी नै रहेका छन् । अर्का निर्मातामा विनय अधिकारी रहेका छन् ।

‘अशोक दर्जी बाबुको जीवन र सांगीतिक करिअरको उतारचढावमा हामीले यो चलचित्र निर्माण गर्न लागेका हौं । चलचित्रले बालबालिकालाई प्रेरणा दिने हाम्रो विश्वास छ ।’ टँकले भने ।

चलचित्रको पटकथा लेखक शिवम् अधिकारीले गरेका छन् । चलचित्रको कलाकार’bout चाँडै घोषणा गरिने पनि टँकले बताए । दुई महिनापछिबाट चलचित्रको छायाँकन सुरु गरिने छ । चलचित्रमा दर्जीको संगीत करिअरमा टंकले दिएको योगदान र कथित ‘अलग’ जातको मान्छेलाई आफ्नो घरमा राखेर दिएको जातीय सहिष्णुता’boutको सन्देशको कथावस्तु रहने बताईएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : ९८७ को शव फेला, ३ हजार ९१६ जना सम्पर्कविहीन