भोजपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्कर बहादुर खड्का निर्वाचित भएका छन् । नेकपा एमाले भोजपुरको ९ औँ अधिवेशनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।
खड्का तीन सय १५ मत ल्याएर अध्यक्ष विजयी बन्ने भने उनका प्रतिस्प्रधि पूर्व अध्यक्ष शरणकुमार राई दुई सय ५३ मत ल्याएर पराजित भए ।
उपाध्यक्षमा तीन सय २० मत ल्याएर किरण राई विजयी बनेका छन् । पूर्व सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पालाई पराजित गर्दै उपाध्यक्षमा राई विजयी बनेका हुन् । शेर्पा दुई सय १६ मत ल्याएर पराजित बने ।
यता सचिवमा तीन सय ४५ मत ल्याएर एक्सन राई निवाचित भने उनका प्रतिस्पर्धी ज्ञानेन्द्र कार्कीले एक सय ७३ मत ल्याएर पराजित बने ।
उपसचिव खुल्लातर्फ दुई सय ९५ मत ल्याएर दौलथकुमार कुलुङ विजयी भने एक सय ७० मत ल्याएर जगतबहादुर चौहान पराजित बने ।
त्यस्तै उप सचिव महिला तर्फ दुई सय ९४ मत ल्याएर रमादेवी राई विजयी बनिन् भने दुई सय १६ मत ल्याएर मेरिका राई पराजित बनिन् ।
नयाँ नेतृत्व चयनका भोजपुरका ८१ वटा वडाका छ सय आठ प्रतिनिधि मध्ये पाँच सय ७३ जनाले मतदान गरेका हुन् । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि पाँच पदाधिकारी, पाँच खुल्ला सदस्य र तीन खुल्ला महिला सदस्यमा निर्वाचन गरिएको हो ।
खुल्ला सदस्यमा पाँच पदको लागि १२ जनाको उम्मेदवारी रहेको थियो । निर्वाचनबाट दुई सय ८५ मत ल्याएर इन्द्र थापा, दुई सय ४३ मत ल्याएर रेवतीरमन थापा, दुई सय १६ मत ल्याएर बद्रीनाथ निरौला, एक सय ७७ मत ल्याएर राजेश कटुवाल र एक सय ७६ मत ल्याएर नविन प्रधान बिजयी बने ।
त्यस्तै महिला सदस्य तर्फ तीन वटा पदको लागि पाँच जनाको उम्मेदवारी परेको थियो । महिला सदस्यमा दुई सय ५० मत ल्याएर आशादेवी राई, दुई सय ५३ मत ल्याएर सुस्मिता राई र दुई सय २३ मत ल्याएर संगिता कडेल चौहान निर्वाचित बनिन् ।
जिल्लामा पदाधिकारी छान्नका लागि एमाले भोजपुरमा पहिलो पटक निर्वाचन भएको हो । अधिवेशनले पदाधिकारीसहित ९० सदस्य कार्यसमिति चयन गरेको हो । अधिवेशन बैशाख २० गतेबाट भोजपुर सदरमुकाम शुरु भएको थियो ।






