एक–दुई न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालयमा सुधार आउँदैनः राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एक–दुई जना न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालयमा सुधार नआउने दाबी गरेका छन ।

उनले न्यायालयमा व्यापक सुधार र परिवर्तन आवश्यक रहेको बताए । उनले न्यायालयको पुनर्नियुक्ति र पुनर्गठनजस्ता विषयमा समेत अघि बढ्नुपर्ने पनि बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायाधीश हटाउन संसदीय प्रक्रिया अघि बढाउने निर्णय गरेको विषयमा सोधिएको प्रश्नमा लिङ्देनले त्यसको विषयवस्तु र अभियोग हेरेर मात्रै पार्टीले धारणा बनाउने पनि बताए । उनले भने, ‘महाभियोग भनेको व्यक्तिमाथि आउने कुरा हो ।

त्यतिले नै न्यायालयमा सुधार र परिवर्तन हुने भन्ने होइन, ‘के विषय र के अभियोग लगाएर आउने हो, कोमाथि आउने हो, त्यो हेरेर छलफल गरेर हामी आफ्नो धारणा बनाउँछौँ ।’

उनले न्यायालयको वर्तमान अवस्थाबाट निकास ननिस्कने भन्दै व्यापक सुधारको आवश्यकता रहेको पनि बताए । उनले भने, ‘न्यायालयमा सुधार र परिवर्तन जरुरी छ । अहिलेको न्यायालय जसरी चलिरहेको छ, यसबाट निकास निस्किँदैन ।’

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

एक–दुई न्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालयमा सुधार आउँदैनः राजेन्द्र लिङ्देन