गगनको कुरा पत्याउने दुनियाँ छ ?: अध्यक्ष ओली

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महामन्त्री गगन थापाको नामै लिएर उनलाई पत्याउने दुनियाँमा कोही नभएको दावी गरेका छन् । एमाले पर्साको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा लेखा समितिका पनि सदस्यहरुको शपथ–ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शुक्रबार वीरगन्जबाट यस्तो दावी गरेका हुन् ।

बिहीबार संसदमा कांग्रेसले गरेको विरोध र आफू तर्फ झडप नै गरौंला झैं गरी कांग्रेस सांसद सिटतर्फ हानिएको सन्दर्भ जोड्दै एमालेका अध्यक्ष ओलीले कांग्रेस महामन्त्री थापाको नामै लिएर गगन थापाले बोलेको कुरा पनि पत्याउने दूनियाँ छ ? भनी प्रश्न गरे । सांसद समेत रहेका थापाले पत्रकार सम्मेलन गरी झुट बोलेको कुरामा अध्यक्ष ओलीले कटाक्ष छ ।

कांग्रेसलाई देश बनाउनु छैन । मेचीदेखि महाकालीसम्मका सबै नेपालीको हितमा ‘सुखी नेपाली समृद्ध नेपाल’ एमालेले नै बनाउनु छ । एमालेको यो मिसनमा झिना मसिना बाधा, अवरोध र हल्लाहरु आइरहने भन्दै उनले यस्तो हल्ला, बाधा, विरोधका पछाडी एमाले अल्मलिरहन नहुने उनको तर्क छ । यो देश बनाउने पार्टी एमाले वाहेक अरु नभएकोले जिल्ला, पालिका र वडा तहका सबै नेता कार्यकर्ताले पनि मिसन २०८४ लाई ध्यानमा राखेर एक ढिक्का भई गम्भिरताका साथ आफ्नो जिम्मेवारीका काम गर्न पछि पर्न नहुने एमाले नेता कार्यकर्तालाई उनले निर्देशन र सुझाव दिए ।

फरक अर्को प्रसंगमा अध्यक्ष ओलीले ‘हाम्रो पार्टी कुनै भ्रष्टाचारीको अखडा होइन’ भनी दावी गरे । पार्टीमा कोही भ्रष्टाचारी अट्न सक्दैन । यदि कोही भ्रष्टाचार पार्टीमा भएको पाइए एक मिनेट पनि त्यस्ता व्यक्तिलाई पार्टीले बोकिराख्न नसक्ने उनको तर्क छ । पर्साका ईन्चाज तथा अधिवेशन बन्द सत्रका मण्डलका अध्यक्ष एवं एमाले पोलिटव्यूरो सदस्य पर्सा इन्चार्ज अच्यूत मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रधान मन्त्री रघुवीर महासेठ, कृषि मन्त्री ज्वाला साह, एमाले नेता सुमन प्याकुरेल , केन्द्रिय सदस्य प्रभु हजारा, राजकुमार गुप्ता, निर्मला देवकोटा लगायत स्थानीय नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो । नव निर्वाचित एमाले पर्सा अध्यक्ष डा.विश्वम्भर शर्मा लगायत पदाधिकारीलाई अध्यक्ष ओलीले प्रमाण पत्र समेत प्रदान गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 331 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे