पोखरा । कालिका बहुमुखी क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । विश्वविद्यालय अनुदान आयोग नेपालबाट गत २ जेठमा क्याम्पसलाई उक्त प्रमाणपत्र दिने निर्णय भएकोमा मंगलबार प्रमाणपत्र प्राप्त भएको क्याम्पस प्रमुख विरन्जी गौतमले जानकारी दिए ।
पोखराको काजीपोखरीस्थित यो कलेजलाई क्युएए दिइनुअघि यहाँको गुणस्तरको मूल्यांकन गरिएको थियो । कालिकासहित पोखरा क्षेत्रका कलेजमा यस्तो प्रमाणपत्र प्राप्त गर्ने ३ पुगेका छन् । यसअघि, जनप्रिय बहुमुखी क्याम्पस र पृथ्वीनारायण क्याम्पसलाई क्युएए प्रमाणपत्र दिइएको थियो ।
२०४८ सालमा स्थापना भएको कालिका बहुमुखी क्याम्पसमा हाल ६८ कर्मचारी र १६५० विद्यार्थी छन् । कलेजमा व्यवस्थापन, मानविकी र शिक्षा संकायअन्तर्गत एमए, एमबिएस, बिए, बिबिएस र बिएड तहको पढाइ हुुँदै आएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)






