सप्तरी, राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी किनारमा हत्या गरी फालिएको अवस्थामा एक किशोरको शव फेला परेको छ ।
जिल्लाको प्रसिद्घ शक्तिपिठ कंकालिनी मंदिरबाट पुर्व सप्तकोशीको पश्चिमी तटबन्ध नजिकै सोमबार विहान ६ बजेतिर सोही वडा निवासी १६ बर्षिय सुरज साह सोनारको शव फेला परेको हो ।
एकाविहान शौचका लागि त्यस तर्फ गएका स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको टाउँको र अनुहारमा धारिलो हतियारले प्रहार गरिएको चोट देखिएको छ । कसैले आईतबारै राति हत्या गरेर त्यहाँ फालेको प्रहरीको अनुमान छ ।
‘प्रारम्भिक अनुसन्धानले नै हत्या गरेको देखिएको छ,’ डिएसपी मकेन्द्र मिश्रले भने, ‘यस’bout थप अनुसन्धान भईरहेको छ । घटना स्थलबाट प्रहरीले केही सरसामान पनि बरामद गरेको छ ।’ तर सो ’bout अनुसन्धानपछि मात्र बताउने उनले बताए । ‘हत्याराको पहिचान चाँडो भन्दा चाडो गर्नका लागि अनुसन्धानका सवै पाटामा लागि परेका छौ,’ प्रहरी उपरिक्षक कृष्ण प्रसाईले भने, यसका लागि प्रदेश प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर (डगस्क्वाड) समेत प्रयोगमा ल्याएकाछैं ।
तालिम प्राप्त कुकुरले घटनास्थलको निरक्षण पश्चात पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने भारदह चौकमा आई केही संकेत गरेको र त्यसलाई पनि आधार बनाई अनुसन्धान तिब्र बनाईएको प्रहरीको भनाई छ ।
प्रहरीले शव पोष्टमार्टमका लागि सदरमुकाम राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पुर्याएको छ । यता घटना पछि साह परिवारमा रुवाबासी चलेको छ । मृतकका बुवा ज्ञानु साहका अनुसार राति ८ बजे तिर खाना खाएर सुरज पसल हेरेर आउछु भन्दै भारदह चौकमै रहेको पसल तिर गएका थिए ।
त्यसपछि उनी फर्केर आएनन । लकडाउनका कारण प्रहरीले समायो कि ? भन्ने आशंका र चिन्तामा रात विताएपनि विहान खोज्दै जाँदा सो घटना’bout थाहा पाएको बुवा ज्ञानुले रुदै सुनाए ।
भारदह स्थित वि.पि. स्मारक विद्यालयमा कक्षा ८ मा अध्यरनत साहको हत्याको खबर सँगै अहिले भारदहबासी शोकमगन भएका छन । उनीहरुले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई अबिलम्ब पक्राउन गर्न माग गरेका छन् ।






