सञ्जिला र बिजया बने मिस एण्ड मिसेस ब्युटिफुल

काठमाडौं । नवौं संस्करणको ‘मिस ब्युटीफुल नेपाल’ को उपाधि सञ्जिला तामाङले हाँसिल गरेकी छिन् । शुक्रबार बेलुका एउटै स्टेजमा काठमाडौंमा ‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’को आयोजना गरिएको थियो । समारोहमा आठौं संस्करणको ‘मिसेस ब्युटीफुल नेपाल’को उपाधि विजया अधिकारीले हाँसिल गरिन् ।

दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोद्धारा आयोजित सो कार्यक्रममा ‘मिस ब्युटीफुल नेपाल’ तर्फ फष्ट रनरअपको उपाधि विपना मल्लले, सेकेण्ड रनरअपको उपाधि इश्वरी हमाल ठकुरीले पब्लिक च्वाईसको उपाधि जेलिना भट्टराईले हाँसिल गरे भने सञ्जिला तामाङ मोष्ट ट्यालेन्ट घोषित भईन् ।

सो समारोहमा विवाहित महिलातर्फ मिसेस ब्युटीफुल नेपालको प्रतिस्पर्धामा रमिता बज्राचार्यले फष्ट रनरअप, र रितु रौनियारले सेकेण्ड रनरअप उपाधि हाँसिल गरे । यस्तै विजया अधिकारीले पब्लिक च्वाईस अवार्ड प्राप्त गरिन् । फाईनलमा दुबै समुहमा १६ जना प्रतिष्पर्धी थिए ।

महिला तथा युवतीहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि नौ वर्षदेखि यो कार्यक्रम आयोजना गर्दै आएको आयोजक टेकराज पाण्डेले बताए ।

दुबै प्रतियोगिताको निर्णायकमा सरोज खनाल, यम बराल, सुनिता दुलाल, मञ्जु थापा, बालकृष्ण पोख्रेल, मनकुमारी पोखे्रल र निलम गुरुङ थिए । अग्रज संगीतकार शम्भुजित बाँस्कोटा, प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीलगायतले विजेताहरुलाई कार्यक्रममा अवार्ड प्रदान गरे । कार्यक्रमलाई रोजिन शाक्यले सहजिकरण गरेका थिए भने रबिता मगरले कोरियोग्राफी गरेकी थिईन् ।

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ