हामीले सहकारीको रकम हिनामिना गरेका छैनौं

राजधानी दैनिकमा २० वैशाख २०८१ मा रुरल सहकारी प्रकरण भनी सहकारी अध्यक्ष र सचिवको मिलेमतोमा बचतकर्ताको करोडौं गोलमाल समाचार ब्यानर हेड राखी समाचार प्रकाशित गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारीमा बचतकर्ताको रकम आफूहरुले हिनामिना गरेका छैनौं । अध्यक्ष र सचिवले कारोबार नै नभएको आफन्तको नाममा पासबुक बनाएर रकम फिर्ताका लागि भन्दै उल्टै रकम असुल गरेको सहकारीका एक पदाधिकारीले बताए भनी समाचार सम्प्रेषण गरिएको छ । अध्यक्ष र सचिवले दस्तखत, अक्षरले कुन कुन नाममा आफन्त र व्यक्तिहरुको नाममा कति रकमबराबरको बचत पासबुक बनाइदिएको हो ? सो कुरासमेत नखुलाई नक्कली सूचना दिने पदाधिकारी व्यक्ति तयार गरी व्यक्ति र संस्थालाई बद्नाम गराउने गरी समाचार बनाएकोमा ध्यानाकर्षण भएको छ ।

संस्थाको यथार्थ विवरण जुनसुकै पनि बखत देखाउने गरी हामी तयार छौं र संस्था सञ्चालन गर्दा बचतकर्ताको रकम हिनामिना भएको छैन । साथै, हिनामिना गर्ने बद्नियत राखी कुनै कारोबार गरिएको छैन । संस्थाका सचिव विनोदमणि राईले २०७३ सालमै राजीनामा पत्र पेस गर्नुभएको हो । तर, तत्कालीन अवस्थामा संस्थाको साधरणसभा बस्न नसकी राजीनामा स्वीकृत नभई पेन्डिङमा रहेको थियो । उहाँको २०७९ भदौ महिनासम्म संस्थाको कुनै पनि गतिविधि र कारोबारमा संलग्नता नरहेको र पछिल्लो समय सञ्चालकको आग्रहमा उहाँहरुले सहयोग गरिरहनुभएको छ ।

संस्था वा कम्पनीको नाफाघाटा संस्थाको आर्थिक अवस्था वार्षिक अडिट रिर्पोटबाट थाहा हुन्छ । संस्थाको अडिट रिपोर्ट हेर्दै नहेरी अध्ययन नै नगरी हचुवाका भरमा समाचार प्रकाशित भएको छ । संस्थाको अवस्था’bout जानकारी नभएको व्यक्तिलाई सूचकका रुपमा लिई हुँदै नभएको नाफालाई मनोमानी ढंगले २०७५ साल ५० लाख रुपैयाँ नाफा रहेको सो सहकारी त्यसपछि क्रमशः घाटामा देखाएको भनी समाचार सम्प्रेषण गरिएको छ । यथार्थ विवरण हेर्न संस्थाका तर्फबाट यहाँहरुलाई कुनै पनि समय स्वागत गर्न तयार छौं । साथै संस्थामा सेयर सदसयको लगानी २५ हजारदेखि ४० लाख रुपैयाँसम्म रहेको छ । सर्वसाधारणको लाखदेखि २५ लाख रुपैयाँसम्म सो सहकारीमा लगानी भएको भनी छापिनु गलत छ ।

आङबाबु राई, अध्यक्ष, विनोदमणि राई, सचिव
रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था
सोह्रखुट्टे, काठमाडौं ।

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा