विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न क्लास डान्स आइडल प्रतियोगिता

बिराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका १० मा रहेको हिमालय ईङ्गलिश स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न क्लास डान्स आइडल प्रतियोगिता सम्पन्न गरेको छ। स्कुलमा रहेको प्रतेक कक्षाबाट छात्र र छात्रा छुट्टाछुट्टै गरी क्लास डान्स आइडल प्रतियोगिता गरेको हो।

प्रतियोगितामा छात्र र छात्रा तर्फ क्रमश,प्रथम,द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरिएको हिमालय ईङ्गलिश स्कुलका प्रिन्सिपल कमल खनालले जानकारी दिए। विद्यार्थीहरुले पनि स्कुलले यस्ता खालका प्रतियोगिता समय- समयमा गर्न पनि सुझाव दिएका थिए।

कार्यक्रममा करिव ३५० जना भन्दाबढी विद्यार्थीहरुको सहभागिता रहेको थियो। प्रतियोगितामा डान्स कोडीनेटर जीवन चौधरी थिए भने निर्णायक विकास परियार रहेका थिए। यो क्लास डान्स आइडल प्रतियोगिता सुन्दरहरैचामै पहिलो पटक आयोजना गरिएको बताउदै प्रिन्सिपल खनालले आफ्नो बिद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई अध्यापन मात्र होइन एस्ट्रा करिकुलर एक्टिभिटी पनि गर्नुपर्छ भन्ने उदेश्यले क्लास डान्स आइडल प्रतियोगिता आयोजना गरिएको बताए।

अतिरिक्त क्रियाकलापले बालबालिकाको पढाइमा सकारात्मक परिवर्तन आएको उनको अनुभव छ। उनले भने,’ आफ्नो स्कुलमा विद्यार्थी आकर्षित हुनुको कारण मध्ये अतिरिक्त क्रियाकलाप पनि एक हो।’

उनले प्रत्येक साता कुनै न कुनै कार्यक्रम भइरहने पनि बताए। उनले थपे,’ किताबी ज्ञानभन्दा बाहिरी ज्ञान प्राप्त गर्ने खालका क्रियाकलापमा विद्यार्थी संलग्न हुन बढी रुचाउछँन्।’ सुन्दरहरैचामा अन्यको प्राईभेट स्कुलको तुलनामा हिमालय स्कुल एस्ट्रा एक्टिभिटी गर्नमा सबै भन्दा अगाडी रहेको पाईन्छ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

epaper

ताजा समाचार

आज जनैपूर्णिमा पर्व मनाइँदै