हरिमायाको मौलिक तीज गीत ‘पार्वता’

दैलेख । हिन्दु नारीहरुको महान पर्व तीज नजिकिदैं जाँदा तीजका गीतहरु बजारमा आउने क्रम बढ्दो छ । तर पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो व्यापक बन्दै जान थालेको छ । केहि बर्ष पहिलाका बजारमा आएका तीजका गीतले महिलाले सासुरससुरा र श्रीमानको खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गरेका पाएको हुन्थ्यो । पछिल्लो समयमा यस्ता खाले गीत कम बजारमा आएका छन् ।आजभोलिका धेरै जसो तिजको गीतमा तडक भडक मात्र पाइन्छ तर यो बर्ष केहि औंलामा गर्न सकिने यस्ता मैलिकपन बोकेका तिजका पनि गीत बजार आएका छन् ।

यसैक्रममा गायिका हरिमाया कार्कीको मौलिक तीज गीत ‘पार्वता’ सार्वजनिक गरिएको छ । गायिका हरिमायाको अफिसयिल युट्युव च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्ष समेत रहेकि कार्कीले नजिँकैदै गरेको तिजलाई मध्यनजर गरेर दिदी बहिनीहरुको आत्मीय सम्बन्धलाई प्रगाढ पार्नका साथै समाजमा देखिएको विकृतिलाई चिर्ने उद्देश्यले यो गीतको रचना गरिएको उनले बताइन् । यो गीतले कर्णालीको मौलिक संस्कृती भल्किने र परम्परागत समाजमा छोरीलाई आमा बुवाले दिएको घरमा विहे गरी जानु पर्ने अवस्थामा सबै भन्दा नजिकको साथीलाई विहेको निर्णय गर्नु अघि मनको अन्योल चिर्न मिल्ने साथिलाई सोध्नु परेको अवस्था चित्रण गरिएको उनको भनाई छ ।

सधै माइतीघर जान नपाएको बिलौना, घरमा सासु ससरा र नन्द देवरको गाली र तिरस्कारलगायतका वेदना भन्दा हाम्रो पुरानो संस्कार साथिप्रतिको विश्वास गीतमा झल्काउन खोजिएको कार्कीले बताईन् । दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृति अनुसारको नेपाली मौलिकपन नहुँदा हराएकाले मैलिकपन बोकेका गीतलाई संरक्षण गर्न यो गीत बजारमा ल्याएको उनले बताईन् ।

गायिका कार्कीको एकल स्वरमा रहेको ‘पार्वता’मा संगीत र रचना गायिका कार्कीले आफै गरेकी हुन् भने संगीत एरेन्ज खेमराज गौतमले रहेको छ । मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा कलाकार चन्द्र मन्दिर, कृष्णराज धमाला, निरक वम, थिरबहादुर खत्री, सीता भण्डारी, एकन्द्रिा थापा केसी, तुलसी शाही, करिस्मा सिंह ठकुरी, सिर्जना परियारलगायतका कलाकारहरुले अभिनय गीतमा देख्न सकिन्छ ।

कार्कीको लय शब्दमा रहेको गीतको म्यूजिक भिडियोको लागि गीतको भिडियो सुर्खेतको भुरेली, कोलडाँडा, उत्तरगंगा मन्दिर लगायत सुर्खेतका विभिन्न रमणीय स्थालमा छायाँकन गरिएको छ । भिडियोको निर्देशन चन्द्र मन्दिरको गरेका हुन् भने छायाँकन भरत कुमालको रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 319 times, 1 visits today)

epaper

ताजा समाचार

आज जनैपूर्णिमा पर्व मनाइँदै