माओवादी केन्द्र बैठक: ‘तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले नेतृत्वका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नभएको निष्कर्ष निकालेको छ । पार्टी नेतृत्व हस्तान्तरण हुनुपर्ने ’boutमा चर्को बहस भइरहेकै बेला बैठकले नेतृत्वका लागि प्रचण्डको विकल्प नभएको निष्कर्ष लिकालेको हो ।

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको स्थायी कमिटी बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टीको नाम, चुनाव चिह्नका साथै पार्टी नेतृत्व हस्तान्तरण हुनुपर्ने लिखित प्रस्ताव गरेका छन् । तर, उनको प्रस्तावले पार्टीमा केही नहुने अध्यक्ष प्रचण्डले जनाएका छन् ।

सोमबारको बैठक सकेर पार्टी कार्यालयबाट बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले पार्टी विभाजन नहुने र सबै मिलेरै अगाडि बढ्ने बताए । ‘नेतृत्व हस्तान्तरणको प्रस्ताव आयो, के छ तपाईंको धारणा ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष प्रचण्डले भने, ‘केही हुँदैन, सबै मिलेर जान्छन्, तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन ।’

पार्टी उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डले नेतृत्व छाडेर संरक्षकको भूमिकामा बस्नुपर्ने प्रस्ताव गरेका छन् । यस’boutमा बैठकमा छलफल चलिरहेको र अन्य नेताहरूले समेत यस’boutमा धारणा राखिरहेका छन् । अहिलेका पदाधिकारी सल्लाहकार भएर तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने शर्माको प्रस्तावमा उल्लेख छ ।

माओवादी केन्द्रका सचिव गणेश साहले बाहिर पार्टी विभाजनको हल्ला चले पनि भित्रभित्र पार्टी बलियो बनाउने ’boutमा बृहत् छलफल चलिरहेको बताए । पार्टीलाई अझै बलियो बनाउने ’boutमा समाजवादी मोर्चामा रहेका दलहरूबीच एकीकरण कसरी गर्ने भन्ने ’boutमा समेत छलफल चलिरहेको उनले स्पष्ट पारे ।

‘बाहिर अनेक प्रचार भइरहेका छन्, पार्टी नै विभाजन हुने हल्ला चलाइएको छ, तर त्यस्तो होइन, बैठकमा पार्टी एकता, बलियो कसरी हुने ’boutमा बृहत् छलफल भइरहेको छ,’ साहले भने, ‘हामीले समाजवादी मोर्चामा रहेका दलहरूका बीचमै एकीकरण कसरी हुन्छ भन्ने ’boutमा छलफल गरिरहेका छौं, विभिन्न पार्टीका बीचमा छिट्टै नै बृहत् एकीकरण हुनेगरी हामी अगाडि बढेका छौं ।’

माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले नेतृत्वमा प्रचण्डको विकल्प नरहेको निष्कर्ष निकालेको बताए । उनले तथ्यबाट सत्य खोजौं, उद्देश्यमा केन्द्रित होऔं र भविष्यतिर अगाडि बढौं भन्ने भाव स्थायी कमिटी बैठकमा व्यक्त भएको बताए ।

‘नेतृत्वका सवालमा चाहिँ वैचारिक, राजनीतिक, सांगठनिक, विधिगत छलफलतिर जानुपर्छ भन्ने छ,’ प्रवक्ता सापकोटाले भने, सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिचाहिँ अहिले प्रचण्डबाट मात्रै हुन्छ भन्ने कुरा सबैले राख्नुभएको छ ।’

प्रवक्ता सापकोटाले अब स्थायी समितिको बैठक हुँदै केन्द्रीय समितिसम्म छलफललाई अगाडि बढाइने बताए । ‘हामी केन्द्रीय समितिको बैठकमा पुग्दाखेरि अहिले जेजे समस्या मुलुकभित्र देखिएको छ, राष्ट्रिय जगतमा पनि देखिएको छ, विश्व दृष्टिकोणतिर पनि ध्यान दिँदै छौं, मुख्य त नेपालको समस्यामा हामी केन्द्रित भएका छौं,’ प्रवक्ता सापकोटाले भने, ‘यो देशको अग्रगमनको, परिवर्तनको र अहिले देखिएको समस्याको समाधान गर्ने कुराको ’boutमा छलफल भएको छ, यसको नेतृत्व सदनबाट पनि र सडकबाट गर्ने र २५ गतेदेखि ३२ जनालाई गुणात्मक ढंगले प्रभावकारी बनाउने र सदनलाई सडकमा जोड्ने सबैको धारणा छ ।’

अहिले विचार, सिद्धान्त, विधि र संगठनमा पार्टीभित्र खुला बहस भइरहेको बताउँदै उनले जनतामा स्पष्ट नीति, कार्यनीति र योजनासहित जाने बताए । अहिलेको बहस निकै स्तरीय भइरहेको प्रवक्ता सापकोटाले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 486 times, 1 visits today)

epaper

ताजा समाचार

अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जित