बेचन झाविरुद्ध संगठित अपराधसहित चार कुसुरमा मुद्दा दायर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध चारवटा कसुरमा मुद्दा दायर भएको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएसँगै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो ।

मोबाइल परीक्षण प्रतिवेदनबिनै मुद्दा दर्ता

झासमेतका प्रतिवादीहरूले २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ पीडितबाट ठगी गरेको आरोप छ । उनलाई राष्ट्र हितप्रतिकूलको कसुरमा ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिमाना, ठगीको कसुरमा ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिमाना, किर्तेको कसुरमा ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिमाना, संगठित अपराधमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिमानाको माग गरिएको छ ।

सुराकीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई गत १३ असार अपराह्न ३ बजे कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको अभियोगपत्रमा उल्लेख छ । पक्राउ गरेपछि खानतलासी लिँदा सामसुङ कम्पनीको खरानी रङको र एप्पल कम्पनीको अकासे रङको गरी दुईवटा मोबाइल उनको साथबाट बरामद गरेको थियो । उनीसँगै रहेको रातो रङको डायरी पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरण

त्यसपछि प्रहरी हिरासतमा रहँदा र सरकारी वकिलसँगको बयानमा पनि झाले आफूलाई केही थाहा नभएको जवाफ दिँदै आएका थिए । नक्कली शरणार्थी प्रकरण’bout आफूलाई जानकारी नभएको उनले बयान दिएका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको कसुरमा पक्राउ परेका यसअघिका प्रतिवादीहरूलाई पनि चार कसुरमा मुद्दा दायर गरिएको थियो ।

झाले आफू कुनै पनि राजनीतिक पार्टीमा आबद्ध नभएको पनि बताएका छन् । उनीबाट बरामद गरिएका दुईवटा मोबाइल र डायरी झाले आफ्नै भएको बताएका छन् । उनले एक वर्षदेखि ती मोबाइल चलाइरहेको पनि बताएका छन् । त्यसबाहेक उनले कुनै पनि कुरामा इन्कारी बयान दिँदै आएका छन् । धेरैजसो प्रश्नमा उनले ‘थाहा छैन’ भन्ने जवाफ दिँदै आएका छन् ।

प्रमाण र बयानबाट कुनै कुरा नखुलेपछि प्रहरीले उनका दुवै मोबाइल परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले सामाखुसीस्थित प्रहरीकै विधिविज्ञान प्रयोगशालामा पठाएको मोबाइलको परीक्षण प्रतिवेदन भने दुई महिनासम्म पनि आएको छैन । झाविरुद्ध प्रमाण जुटाउन महŒवपूर्ण रहेको मोबाइल परीक्षण प्रतिवेदन नआएपछि त्यसबिना नै मुद्दा दायर गरिएको छ ।

जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्रमा भनिएको छ, ‘प्रतिवादीको साथबाट बरामद भएका दुई थान मोबाइलहरू परीक्षणका लागि डिजिटल फोरेन्सिक ल्याबमा पठाइएकामा हालसम्म पनि परीक्षण भई प्रतिवेदनसमेत प्राप्त हुन नआएको र रामशरण केसीले सनाखत कागजसाथ पेस गरेको अडिओ रेकर्ड रहेको पेनड्राइभसमेत परीक्षणका लागि डिजिटल फोरेन्सिक ल्याबमा पठाइएकामा हालसम्म पनि परीक्षण भई प्रतिवेदनसमेत प्राप्त हुन नआएको हुँदा परीक्षण भई आएपश्चात् परीक्षण प्रतिवेदनसमेत मिसिल संलग्न राख्नका लागि पठाइने बेहोरासमेत अनुरोध गरिएको छ ।’

झाले मन्त्रिपरिषद्बाट भुटानी शरणार्थीसम्बन्धी काम अगाडि बढाउन निर्णय गराउनका लागि भन्दै रामशरण केसीको हिमालयन बैंकबाट जारी भएको २ करोड रुपैयाँको चेक ग्यारेन्टीस्वरूप लिएको आरोप छ । उनले सो चेकबापतको रकम हरिभक्त महर्जनबाट लिएको आरोप छ । रामशरण केसीलाई पनि शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी चेक लिएको श्यामकृष्ण श्रेष्ठले सनाखत गरेका छन् ।

चेक लिनुभन्दा अगाडि झा र केसीबीचमा भएको भनिएको अडिओ रेकर्डहरू पनि प्रहरीले परीक्षणका लागि पठाएको छ । बयानका क्रममा झाले भने आफूमाथिका आरोपको इन्कार गरेका छन् । झाले २ करोडको चेक लिँदाको भिडिओसमेत अदालतमा पेस गरिएको छ । यस्तै, केसीले झासँग कुरा गरेको भनी अडिओसमेत पेस गरेका छन् ।

झाले चेक बुझेर कञ्चन श्रेष्ठलाई आफ्नो नाममा रहेको तत्कालीन नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा भुक्तानीका लागि ९ डिसेम्बर २०२१ मा पेस गरी सो चेक बाउन्स भएको देखिएको छ । बैंकले सो रिपोर्ट प्रहरीलाई २८ साउनमा बुझाएको छ ।

कञ्चनले कागज गर्दा पनि आफूले झाको चेक साटिदिन गएको र नसाटिएपछि उनलाई नै फिर्ता दिएको बताएका छन् । झाले टोपबहादुर रायमाझी, टेकनाथ रिजाल, इन्द्रजित राई, टेकनारायण पाण्डेसँग सम्पर्क र समन्वय गरेको पाइएको अभियोग छ ।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : जीवित भेटिने आशा टरेपछि कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि