जनकपुरधाम । राहत बाँडनका लागि नेपाल सरकारले बनाएको गाइड लाइनको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह दुरुपयोग गरिरहेका छन् । मेयर साहले हातमा पञ्जा नलगाई सर्वसाधारणलाई खाना वितरण गरेका छन् । उनले बेला मास्क लगाएको पनि देखिदैन ।
जनकपुरधाम वडा नम्बर ८ मा गरीबहरुका लागि आज निशुल्क भोजनको कार्यक्रम थियोे । प्याबसन धनुषाको सहयोगमा भएको निशुल्क भोजनमा मेयर पनि सहभागि भएका थिए । उनले हातमा पञ्जा र मास्क नलगाई भोजन वितरण गरेको तस्विर अहिले समाजिक सञ्जालमा आलोचनाको विषय बनेको छ ।
चेम्बर अफ कर्मस जनकपुरधामका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले आफुले केहि गर्न नसकेका हाम्रा मेयरले पञ्जा र माक्स बिनै खाना बाँडेको भन्दै आलोचना गरेका छन् ।
‘मास्क नलगाई खाना बाँडनु अपराध हो यसले महामारी फैलन्छ ।’ नेपाल तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साहले लेखेका छन । उनले अगाडि लेखेका छन् ‘यदि कुरा फोटो सम्म मात्र छ भने केही भन्नू छैन ।’ मनोज शर्मा लेख्छन् ।
केही दिन अघि प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले जारी गरेको भिडियो सूचनामा सोसल डिस्टेन्स भनेको ‘लकडाउन’ हो भनेपछि उनको व्यापक आलोचना भएको थियो ।






