बैतडी । १० पटक अप्रेसन गराउदाँ पनि रोगको निदान नभएपछि बैतडीको सिगास गाउँपालिका–०३ कुराडीका ४१ बर्षीय रघुबीर साउद २० दिनदेखि काठमाडौं छन् । खुट्टाको उपचारका लागि काठमाडौं पुगेका उनिसँग खाना खाने पैसासमेत छैन् ।
सञ्चारकर्मी र समाजसेवी युवाहरुको सहयोगमा उनलाई प्रतिनिधिसभा सांसद समेत रहेका डाः सुनिल शर्माको केएमसी अस्पतालमा निशुल्क उपचारको व्यवस्था मिलाईको छ । तर औषधी र खाना खर्च भने आफैले व्यहोर्नुपर्छ । औषधीको ३० हजार रकम उधारो भएपछि अस्पतालले औषधी दिनै छाडेको रघुबीर बताउछन् ।
रघुबीरको दायाँ खुट्टाको गोलिगाठाँ भन्दा अगाडीको पुरै भाग काटिएको छ भने बायाँ खुट्टाको बुढिऔला पहिल्यै काटिएको हो । यसअघि दायाँ खुट्टाको समेत पटकपटक गरि सबै औलाहरु काटिएका थिए र नशाको समेत अप्रेसन गरिएको थियो ।
अहिले उनी आफ्नो उपचारका लागि सहयोगी दाताहरुबाट आर्थिक सहयोगका लागि याचना गरिरहेका छन् । तर बिरानो ठाउँमा चिनजानका मान्छे कोहि नभएकाले सहयोग रकम जुटेको छैन् ।
सानैमा बुवा गुमाएका उनको घरमा अहिले बृद्ध आमा, श्रीमती र ४जना बालबच्चा रहेकाछन् । साउँद श्रीमति र ४बर्षीय छोरा सहित काठमाडौं पुगेका हुन् । उनि मनकारी व्याक्तिहरुहरुबाट आर्थिक सहयोग माग्दै गाडीभाडाको जोहो गरेर काठमाडौं पुगेका हुन् ।
मजदुरी गरेर दैनिक छाक टार्दै आएका साउँद भन्छन्, ‘भुकम्पले घर भत्कायो, दैनिक छाकटार्न अन्न छैन्, सञ्चार माध्यममा समाचार आएकाले केहि व्याक्तिहरुले गाडीभाडा दिएको हुदाँ काठमाडौं सम्म पुगेको हुँ । तर काठमाडौंमा कहाँ जाने ? के गर्ने ? कसलाई भेट्ने ? केहिपनि थाहा छैन् । यहाँ केहि समाजसेवी व्याक्तिहरुले मलाई २ दिन होटलमा बस्न व्यवस्था गरिदिएको हो, यो बिरानो सहरमा पहिलो पटक पुगेको हुँ, यता हाम्रो कोहिपनि आफन्त छैनन्, उपचार गर्दागर्दै २बर्ष बितिसक्यो, अझैपनि उपचार हुन्छ की हुदैँन थाहै छैन् ।’
साउद उपचार गराउँदा गराउदैँ डडेल्ुधरादेखि भारतको बरेली सम्म धाइसकेका छन् । पटक–पटक अप्रेसन गरेपनि निको नभएका उनि काठमाडौंमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल मार्फत समस्या प्रस्तुत गरेर उपचारखर्चको आश मान्दै राजधानी धाएको बताउछन् ।
रघुबीर संग पैषा आउने कुनैपनि माध्यम छैन् । कांग्रेस युवानेता शिवराज भट्ट र हिमालय बमले प्रतिनिधिसभा सांसद समेत रहेका डाः सुनिल शर्मासंग कुरा गरेर शर्माकै केएमसी अस्पतालमा उपचार सुरु गरिएको हो ।
रघुबीर श्रीमती र १ छोरा सहित काठमाडौं आएपछि उनको घरमा रहेकी बुढी आमा र ३ बालबच्चाहरुको अवस्था अझै नाजुक छ । घरमा रहेका उनिहरु भुकम्पले आधा भत्काएको जिर्ण घरमा बसिरहेका छन् । मजदुरी गरेर परिवार पाल्ने रघुबीर दम्पती नै उपचारका लागि काठमाडौं गएसंगै बुढीआमा र बच्चाहरुलाई दैनिक छाकटार्न मुस्कील परेको छ ।






