पेट्रोलमा ४ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य केही घटाएको छ । भारतीय आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यनुसार नेपाल आयल निगमले सोमबार बिहान १ बजेदेखि लागू हुनेगरी केही घटाएर मूल्य समायोजन गरेको हो ।

निगम सञ्चालक सिमितिले स्वचालित मूल्य समायोजन प्रणालीबमोजिम समायोजन गरेको नयाँ मूल्यनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ५–५ रुपैयाँले मूल्य घटेको छ ।

तीन वर्गामा विभाजन गरी इन्धन ढुवानी लागतका आधारमा निगमले गरेको यस निर्णयसँगै तेस्रो वर्गमा रहेको काठमाडौं उपत्यकालगायतका क्षेत्रमा अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५९ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ४९ रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 345 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार