जुगल र केन्जुमाको तिमीसँग बोल्न मन लाग्यो

काठमाडौं । संगीतकार जुगल डंगोलको संगीत र गायिका केन्जुमा सुब्बाको स्वरमा रहेको गीत तिमीसँग बोल्न मन लाग्यो…को भिडियो आईतबार सार्वजनिक गरिएको छ । बिन्ध्यवासिनी म्युजिकको आधिकारिक युट्युव च्यानलबाट यो गीतको भिडियोलाई सार्वजनिक गरिएको हो ।

काठमाडौंको पुतलीसडक स्थित आर्टुम्युज रकेर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको संगीत संयोजन पनि जुलगले नै गरेका हुन् । यस अघि निकै सुनिएको गीतलाई भिडियोमा ल्याउँदा खुसी लागेको गायिका केन्जुमा सुब्बाले बताइन् ।

यो गीत रेकर्ड भएको सात वर्षपछि भिडियोमा आएको हो । यो गीतलाई सातवर्ष अघि डब्बु क्षत्रीको गीतिसँग्रह ‘गुलाबी स्वरहरु’मा समेटिएको छ । यो गीचको रचनासँगै भिडियोको निर्देशन पनि डब्बु क्षत्रीले गरेका छन् ।

यो गीतको भिडियोलाई सर्लाहीको बागमती र नुनथर क्षेत्रमा छायाँकन गरिएको हो । गीतमा युगल जोडीको प्रेम आसक्तिको वयान गरेकाले भिडियोमा पनि सोही भावलाई समेटिएको छ । भिडियोमा ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ की विजेता शर्मिला बुढाथोकी र अभिनेता यसराज गराचले अभिनय गरेका छन् । सो क्षेत्रको प्राकृतिक सुन्दरता र कलाकारको कुशल अभिनयले भिडियो राम्रो बनेको संगीतकार जुगलले बताए ।

प्रविण सुवेदीद्वारा छायाँकन गरिएको यो भिडियोलाई कृष्ण रसालले कोरियोग्राफी गरेका हुन् । जसमा मेकअप पनि मोडल शर्मिला बुढाथोकी स्वयम्ले गरेकी हुन् । बीरेन्द्र भाट ‘विपिन’ र लोकेश भाटको सम्पादन तथा रंग संयोजन यो गीतको भिडियोमा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खसीबोका र च्यांग्राको मूल्य सस्तियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना