बागलुङ । बागलुङकी दोस्रो तथा नेपालको छैठौँ कोरोना संक्रमित ६५ वर्षिय महिला संक्रमण मुक्त भएकी छिन् ।
बागलुङ नगरपालिका–३ वर्षीया ती मनकुमारी पौडेल धौलागिरी अंचल अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी छिन् । उनी कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार नै डिस्चार्ज गर्ने ’bout छलफल भैरहेको छ ।
धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङकी ६५ बर्षिय बृद्धाको चौथोपटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको छ । यससँगै उनलाई निको भएको अस्पतालले जनाएको छ ।
लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि कोरोना संक्रमण सकिएको र निको भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । । शुक्रबार स्वाब परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइए पनि शनिबार (आज) दिउँसो मात्र रिपोर्ट आएको हो ।
उनको यसअघि बिहिवार गरिएको तेस्रो पटकको स्वाब परीक्षणको रिपोर्ट पनि नेगेटिभ देखिएको थियो । चैत ४ गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर नेपाल आएकी उनलाई चैत २० गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।
त्यस लगतै उनलाई धौलागिरी अचल अस्पताल बागलुङको आईसोलेसन वर्डामा राखेर उपचार सुरु गरिएको थियो । यस अघि उनका सबै परिवारका सदस्यको कोरोना परीक्षण रिपोर्टन पनि नेगेटिभ आएको थियो ।
महिलामा दम र उच्च रक्तचामको नियमित औषधि सेवन गर्ने गर्दै आएकी छन् । अर्की संक्रमित १९ वर्षीया युवतीको भने चौंथो स्वाब परीक्षणको नतीजा पनि पोजिटिभ आएको थियो । उनको स्वाब परीक्षण भइरहेको र रिपोर्ट आइतबार आउने छ । उनी चैत १५ देखि आइसोलेसनमा छिन् । दुबैजना बेल्जियमबाट कतार एअरवेयजको जहाजबाट नेपाल आएका थिए ।