पैसा फ्याक्ने महिला बस्ने एरिया सेनिटाइज

जनकपुरधाम । जनकपुरधामको महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एकजनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि महिला बस्ने एरियालाई विहानैदेखि सेनिटाइज गर्ने कार्य सुरु गरिएको छ । जनकपुरधाम ७ का वडाध्यक्ष जानकीराम साह आफै सेनिटाइज गर्ने टोली लिएर खटिएका छन् । जानकीनगर टोलभरि नै सेनिटाइजन गरिने छ वडाध्यक्ष साहले वताए ।

कोरोनाबाटै जोगिन जनकपुरधाम उपमहानगरपालिकाले एकसाता अघि नगरको विभिन्न स्थानमा औषधी छर्केका थिए । अहिले जनकपुरधाम ७ मा सोडियम ‘हाइपोक्लोराइट’ नामक सर्फेस सेनिटाइजर छर्किने सुरु गरेको हो । कोरोनाबाट जोगिन सरसफाइ राख्नुपर्ने भएकाले सेनिटाइजर आवश्यक रहेको छ ।

जानकी नगरमै संक्रमित भेटिएका थिए । उनीहरु यतिबेला अस्पतालमा उपचार गराइरहेका छन वडाध्यक्ष साहले भने, ‘संक्रमित भेटिएपछि जनकपुरधामवासी त्रसित छन् । त्यसैले त्रास घटाउन पनि औषधि छर्किन सुरु गरेका छौं ।’

कोरोना भाइरस संक्रमणको संत्रासकाबीच पैसा फालेर फरार भएको भनिएको महिलालाई नियन्त्रणमा लिई प्रहरीले प्रादेशिक अस्पताल जनकपुरधाममा शनिवार परीक्षण गराएको थियो । सो परिक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ । उनीहरु दुबैजनाकोे पिसिआर टेस्ट पनि गरिएको छ ।

शुक्रवार दिउँसो महावीर चोकमा पैसा फालेर फरार भएको भन्दै सिसिटिभी फुटेजको आधारमा धनुषाको धनौजी गाँउपालिका वडा नंं ५ बहुअर्वा बस्ने वर्ष ५० की अमुना खातुन र उनी नन्द जनकपुरधाम वडा नं. ७ बस्ने वर्ष ३५ की अलिना खातुनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु दुबैजना नन्द भाउजु हुन् । शनिवार दिउँसो मस्जिद पछाडी लुकेर बसेको अवस्थामा दुबैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दैनिक जिवनमा प्रयोग हुने सामग्रीहरु जस्तै बर्तन सफा गर्न, घरको सफाई गर्न, टयाइलेट साफ राख्न एन्टी बैक्टिरियं प्रोडक्टलाई प्रयोग गर्न जानकार चिकित्सकहरु सल्लाह दिने गर्छन । यसको प्रयोगले तपाईको परिवारको कुनैपनि सदस्यजन किटाणुबाट बच्न सक्छन चिकित्सक डा. सज्जन ठाकुरले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ