कोरोनाका सबै विरामी निको भए, पहिलो ग्रिन जोन राज्य बन्न सक्छ गोवा

काठमाडौं । भारतको गोवा राज्यका सबै कोरोना भाइरस (कोभिड १९)का संक्रमित निको भएका छन् । गोवामा कोरोना भाइरसबाट सात जना संक्रमित भएका थिए । यसअघि नै ६ जना निको भएर घर फर्केका थिए । अन्तिम संक्रमितको कोरोना रिपोर्ट आइतबार नेगेटिभ आएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
गोवाका मुख्यमन्त्री प्रमोज सावंतले सो विषयमा जानकारी दिँदै ट्वीट गरे, ‘सन्तोष र राहतका कुरा छ । गोवाको अन्तिम एक्टिभ कोरोना विरामीको टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । डाक्टर र अन्य सहयोगी कर्मचारी यसका लागि प्रशंसनीय छन् । गोवामा ३ अप्रिलबाटै नयाँ संक्रमित भेटिएको छैन ।’
मुख्यमन्त्री प्रमोद सावंतले एक न्युज च्यानलसँग कुरा गर्दै भने, ‘हामी सानो राज्य भएपनि यो पर्यटकीय क्षेत्र हो । पुलिस, स्थानीय प्रशासन, पर्यटक, डिपार्टमेन्टका साथै गोवावासीको सहयोग मिल्यो । यहाँका मानिसले प्रधानमन्त्री नरेन्द्र मोदीका सबै सल्लाह माने । यहाँ थुप्रै चाडवाड आयो, तर कुनै पनि धर्मका कुनै पनि नागरिकले कुनै समस्या सिर्जना गरेनन् । धर्मगुरुहरुले पनि सक्दो सहयोग गरे ।’
उनले भने, ‘प्रधानमन्त्रीले लकडाउनको जुन लक्ष्मण रेखा कोर्नुभएको थियो । हामी त्यो लक्ष्मण रेखा ३ मेसम्म पालना गर्न चाहान्छौं ।’
गोवामा १८ मार्चमा पहिलो कोरोना भाइरसका विरामी भेटिएका थिए । जो दुबईबाट फर्केका एक नेतामा पहिलो संक्रमण भेटिएको थियो । ३ अप्रिलसम्म सात जना संक्रमित भेटिए । १५ अपिलसम्म राज्यमा ६ कोरोना पोजेटिभ विरामी ठिक भएका थिए ।
गोवा भारतको पहिलो ग्रीन जोन राज्यका रुपमा घोषित हुने बाटो खुलेको छ । यसअघि बीजेपीका वरिष्ठ नेता बीएल सन्तोषले पनि ट्वीट गरेर २० अप्रिलसम्म गोवा देशको पहिलो ग्रिन जोन राज्य बन्ने बताएका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले राज्यको दक्षिण गोवाको जिल्लालाई यसअघि नै ग्रीन जोन घोषण गरेको थियो । जुन क्षेत्रमा कोभिड १९ को केश देखिएको छैन । ग्रीन जोन घोषणा गरेको क्षेत्रलाई लकडाउनमा केही छुट दिने प्रवाधान छ । भारतमा हालसम्म १६ हजार ३ सय ६५ कोरोना संक्रमित भेटिएको छ । ५ सय २१ जनाको भने मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढीका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर नहुने, गृहमन्त्रीले जानकारी दिने