बिराटनगर । मोरङमा कोशी प्रदेश स्तरीय फुटसल टुर्नामेन्ट २०८१ हुने भएको छ। राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैँचा नगर कमिटीको आयोजनामा कोशी प्रदेश स्तरीय युथ फुटसल टुर्नामेन्ट हुने भएको हो। असोज १७ देखि १९ गते सम्म सुन्दरहरैँचा -१० मा रहेको प्लानेटमा प्रतियोगिता हुन लागेको सोमबार पत्रकार सम्मेलन मार्फद जानकारी दिएको छ ।
प्रतियाेगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट २० टोलीहरूको सहभागिता रहने आयाेजक राष्ट्रिय युवा संघ नेपालका नगर अध्यक्ष भविनजंङ पाण्डेले जानकारी दिए । कोशी प्रदेशमै पहिलो पटक हुन लागेको प्रतियोगितामा बिजेताले नगद १ लाख ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
यस्तै, उपविजेताले नगद ५१ हजार ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पाण्डेले बताए।प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ। फुटबलसँगै फुटसलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको खेल संयाेजक तथा राष्ट्रिय युुवा संघ मोरङका जिल्ला इन्चाज मनाेज राईले बताए ।
खेलको उदघाटन संघिय संसद सुहाड नेम्वाङले गर्ने छन् भने समापन युवा संघ नेपालका केन्द्रिय अध्यक्ष क्षितिन थेवे गर्ने आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै नगर प्रवक्ता तथा वडा नं १२ का वडा अध्यक्ष राेसनप्रसाद ढकालले नगर खेलकुद समितिको बैठक बसेर यो प्रतियोगितालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतियाेगितामा इलाम ,रतुवामाइ,धनकुटा, दमक,उर्लाबारी ,केराबारी ,लेटाङ ,विराटनगर ,झापा ,धरान , पथरी ,बेलबारी, इटहरी सुन्दरहरैँचा लगायतकाे टिम २० टिमको सहभागिता रहने छ। प्रतियोगिता सञ्चालनका लागि करिब ७ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।