दैलेख । नारायण नगरपालिका –११मा वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । विजयादशमी तथा दीपावलीको अवसरमा राइली त्रिपानी युवा क्लबको आयोजनामा आगामी असोज २१ र २२गते वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।
वडा स्तरीय खुला भलिबल प्रतियोगिता हुने भएकाले नारायण नगरपालिका –११ भित्रका खेलाडीले सहभागिता जनाउन सक्नेगरी खेल अयोजना गरेको खेलका व्यबस्थापक माधब बिष्टले बताए ।
प्रतियोगिताको विजेताले नगद १२हजार कप, पदक प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद ८हजारसहित पदक प्राप्त गर्नेछन् ।
त्यस्तै तेस्रो हुनेले नगद ५ हजार हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले एक हजार हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुशासित खेलाडीले१हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 528 times, 1 visits today)






