लकडाउनमा गाँजा तस्करी

रौतहट । बैशाख लकडाउन कै बेलामा पनि गाजा तस्करी हुने गरेको रहस्य खुलेको छ । यसैगरी गाजा तस्करी गरेर लैजाने क्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटले साढे ९ किलो गाजा बरामद गरेको छ । जिल्लाको गुजरा नगरपालिका नगरपालिकाको सिम्री र भेसडवाको विचमा सशस्त्र प्रहरीले हिजो आइतवार साँझ बेवारिसे अवस्था साढे ९ किलो लागु औषध गाँजा बरामद गरेको हो ।

गुजरा नगरपालिका–४ जैगलसहिया स्थित लालबकैया पारी सिम्रीबाट भसेडवातर्फ आउदै गरेको नम्वर नखुलेको मोटरसाइकलमा बसेका दुई जना व्यक्तिले गस्तीमा रहेका सशस्त्र प्रहरीलाई देखेर फयालेको ब्यागबाट गाजा बरामद गरेको जंगलसहिया स्थित सशस्त्र क्याम्पका सशस्त्र प्रहरी सहायक निरीक्षक सुरेश यादवले जानकारी दिए ।

बरामद भएको गाँजालाई गणमा आवश्यक अनुसन्धन पछि कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति तथा शसस्त्र प्रहरी उपरिक्षक रबिनराज कर्णले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
गठबन्धनकाे निर्णय : एमालेसँग भएको तालमेल अमान्य