जनकपुरधाम । धनुषामा छोराले आफ्नै बुवालाई रड प्रहार गरी हत्या गरेका छन् । शहीदनगर नगरपालिका–९ का ५५ वर्षीय सुखिया सदालाई आफ्नै छोरा ३० वर्षीय नथुनी सदाले रड प्रहार गरी हत्या गरेको धनुषा प्रहरीले जनाएको छ ।
घरायसी कुरामा झगडा परेपछि गएराति बुवाको टाउकोमा रड प्रहार गरी छोराले हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले वताए । प्रहरीका अनुसार नथुनीले बुवासँग पैसा मागेको र बुवाले पैसा नदिएपछि दुबै जनाबीच विवाद भएर झगडा भएको थियो ।
सोही क्रममा आवेगमा आएका नथुनीले रड लिएर सुखियाको टाउको पछाडि हानेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्या गरी फरार रहेका नथुनीलाई आज बिहान इलाका प्रहरी कार्यालय यदुकुहाको टोलीले पक्राउ गरेको छ । नथुनीलाई हिरासतमा लिएर थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)






